Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

उपनिर्वाचन : ६५ जना उम्मेदवार चुनावी मैदानमा


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, बैशाख १० २०८०
  • 1.9K
    SHARES

काठमाडौं । बारा २, चितवन २ र तनहुँ १ का विभिन्न मतदान स्थलहरुमा बिहान ७ बजेबाट मतदान सुरू भएको छ । आइतबार हुने प्रतिनिधि सभाका तीन वटा क्षेत्रको उपनिर्वाचनमा ६५ जना उम्मेदवार चुनावी मैदानमा छन् ।

निर्वाचन आयोगका अनुसार उपनिर्वाचनका लागि राजनीतिक दलका ३३ र स्वतन्त्र ३२ जना उम्मेदवार मैदानमा रहेका हुन् ।

तनहुँ १ मा ९ जना उम्मेदवार रहेकोमा ती सबै दलीय पृष्ठभूमिका छन् । सो क्षेत्रमा नेपाली कांग्रेसबाट गोबिन्द भट्टराई, नेकपा (एमाले) बाट सर्बेन्द्र खनाल र राष्ट्रिय स्वतन्त्र पार्टीबाट स्वर्णिम वाग्लेलगायत चुनावी प्रतिस्पर्धामा छन् ।

यस्तै, चितवन २ मा २४ जना उम्मेदवार रहेकोमा १२ जना उम्मेदवार विभिन्न दलबाट र थप १२ जना स्वतन्त्र छन् । यस क्षेत्रमा कांग्रेसबाट जित नारायण श्रेष्ठ, एमालेबाट रामप्रसाद न्यौपाने र रास्वपाबाट रवि लामिछानेलगायत चुनावी प्रतिस्पर्धामा छन् ।

बारा २ मा १२ जना दलका उम्मेदवार रहेका छन् भने २२ जना स्वतन्त्र उम्मेदवार छन् । यस क्षेत्रमा जनमत पार्टीका शिवचन्द्र कुशबाह, सत्तारुढ गठबन्धनबाट जसपाका अध्यक्ष उपेन्द्र यादव, एमालेका पुरुषोत्तम पौडेल र रास्वपाबाट रमेश खरेललगायत चुनावी प्रतिस्पर्धामा छन् ।

बारा २ बाट निर्वाचित रामसहायप्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित भएपछि, चितवन २ बाट निर्वाचित रवि लामिछाने नागरिकता प्रकरणमा कसुरदार ठहर भएपछि र तनहुँ–१ बाट निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि यी स्थानमा सांसद पद रिक्त भएकाले तीनवटै स्थानमा उपनिर्वाचन हुन लागेको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४