Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

गण्डकी प्रदेशमा ढल्यो एमालेको सरकार


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, बैशाख ९ २०८०
  • 1.9K
    SHARES

पोखरा । गण्डकी प्रदेश सरकार ढलेको छ । मुख्यमन्त्री खगराज अधिकारीले प्रदेशसभाबाट विश्वासको मत पाउन नसकेसँगै उनी नेतृत्वको सरकार ढल्न पुगेको हो ।

आज प्रदेश सभामा मागेको विश्वासको मतमा उनले २४ मतमात्रै पाएका हुन् ।
अधिकारीले संसदमा विश्वासको मत गुमाएसँगै स्वतः मुख्यमन्त्री पद पनि गुमाएका छन् ।

मुख्यमन्त्री अधिकारीको पक्षमा २४ मत खस्दा विपक्षमा ३५ मत खसेको थियो ।
५९ जना सहभागी संसद अधिवेशनमा अधिकारीलाई नेकपा एमालेका २२, राप्रपाका २ जना गरी २४ जना सांसदले विश्वासको मत दिएका थिए ।

माओवादी केन्द्र ७, नेपाली कांग्रेसका २७ सांसद र मनाङबाट स्वतन्त्र चुनाव जितेर हाल एकीकृत समाजवादी प्रवेश गरेका राजीव गुरुङ ‘दीपक मनाङे’सहित ३५ सांसदले विपक्षमा मतदान गरेका थिए ।
६० सदस्यीय गण्डकी प्रदेशमा बहुमत पु¥याउन ३१ मत ल्याउनुपर्ने हुन्छ । सत्ता सारथि नेकपा माओवादी केन्द्रले चैतको १० गते अधिकारीलाई दिएको समर्थन फिर्ता लिँदै सरकारबाट फिर्ता भएको थियो ।

माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री अधिकारीले संसदमा विश्वासको मत पाएका थिए ।
नेकपा माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को समर्थनमा पुस २५ गते नेकपा एमालेका खगराज अधिकारीको नेतृत्वमा प्रदेश सरकार गठन भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४