Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

मुख्यमन्त्री अधिकारीले विश्वासको मत नपाउने निश्चित”अब बन्नेछ कांग्रेस–माओवादीको गठबन्धन सरकार”


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, बैशाख ९ २०८०
  • 1.3K
    SHARES

काठमाडौँ । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आज विश्वासको मत लिने भएका छन् । गत चैत १० गते अधिकारी नेतृत्वको सरकारमा सहभागी भएका नेकपा माओवादी केन्द्रका मन्त्रीले राजीनामा दिँदै समर्थन पनि फिर्ता लिएपछि अल्पमतमा परेका मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिन लागेका हुन् ।

विश्वासको मत लिनका लागि आज दिउँसो ३ बजे प्रदेश सभाको बैठक बोलाइएको छ । त्यसअघि बस्ने कार्यव्यवस्था परामर्श समितिको बैठकले कार्यसूची तय गर्ने छ । ‘११ बजे कार्यव्यवस्थाको बैठकले कार्यसूची तय गर्छ । आज मुख्यमन्त्रीले विश्वासको मत लिनेमात्र कार्यसूची तय गर्ने तयारी छ,’ प्रदेश सभा सचिवालयका सूचना अधिकारी उपसचिव प्रेम सुवेदीले भने ।

६० सदस्यीय गण्डकी प्रदेश सभामा सरकार टिकाइराख्नका लागि मुख्यमन्त्री अधिकारीले ३१ सांसदको समर्थन जुटाउनुपर्छ । तर उनले विश्वासको मत नपाउने निश्चित छ । किनभने उनको साथमा नेकपा एमालेका २२ र राप्रपाका दुई सांसद मात्र छन् ।

नेकपा एमाले,नेकपा माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र राप्रपाको समर्थनमा गत पुस २५ गते मुख्यमन्त्रीमा नियुक्त भएका अधिकारी १०५ औं दिनपछि सत्ता छोड्नुपर्ने अवस्थामा आइपुगेका छन् ।

नेकपा माओवादी केन्द्रका दुई मन्त्री हरिबहादुर चुमान र रेशमबहादुर जुग्जालीले राजीनामा दिएर समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका अधिकारीलाई सरकार छाड्न दाबाव परेको थियो । तर उनले संसद फेस गर्ने तर डराएर नभाग्ने बताउँदै आएका थिए ।

अब नेपाली कांग्रेस नेकपा माओवादीको आलोपालो सरकार

सभामुख बाहेक ७ सदस्यीय नेकपा माओवादी र २७ सदस्य रहेको नेपाली कांग्रेस मिल्दा सरकार बनाउन सहज बहुमत पुग्छ । यसमा मनाङबाट स्वतन्त्र सर्वसम्मत चुनाव जितेका राजीव गुरूङ “दीपक मनाङे” पनि नेकपा एकीकृत समाजवादीबाट थपिँदा गठबन्धनतर्फ ३५ सदस्य पुग्छ । अब नेपाली कांग्रेस–नेकपा माओवादीको आलोपालो सरकार गण्डकीमा बन्ने छ ।

नेपाली कांग्रेसका सुरेन्द्र पाण्डेलाई चुनावताकै नेकपा माओवादी अध्यक्षसमेत रहेका पुष्पकमल दाहाल प्रचण्डले मुख्यमन्त्री बनाउने वचन दिएका थिए । तर, नेकपा  माओवादी केन्द्र संसदीय दलका नेता चुमानले अघिल्लो कार्यकालदेखि नै मुख्यमन्त्रीको दाबी गरेका थिए । तर,पाउने सम्भावना कम थियो ।

तनहुँ–१ को उपचुनावमा दाबी गरेर पनि नेपाली कांग्रेसका गोविन्द भट्टराईले टिकट पाएकाले उनलाई जिताउन नेकपा माओवादीले शीर्ष तहमै गरेको सौदाबाजीपछि गण्डकी सरकारमा आलोपालो पक्का भएको नेताहरू बताउँछन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४