Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

लाल पानी–ट्याङ्की


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, बैशाख १६ २०७७
  • 4.7K
    SHARES

–निभा शाह

संसद्भवन
नाटक भवनहो
यहाँकहिल्यै रामलीला चल्छ
यहाक हिल्यै रासलीला चल्छ
रामलीला र रासलीलाको फ्युजन
यहाँ सधैँ लक्ष्मी–लीला चल्छ ।

जब यहाँ रामलीला चल्छ
सांसदहरू सेल्फी अपहरणमा पर्छन्
जब यहाँ रासलीला चल्छ
सांसदहरू जुहारी खेल्छन्
जब यहाँ लक्ष्मी–लीला चल्छ
सांसदहरू मध्य रातमा
मौनव्रत बस्छन्
जसो कि महाकाली मञ्चन ।

संसदीय रडाको
स्याउला युद्ध हो
कसैलाई एक डोको स्याउला चाहिएको छ
कसैलाई दुई डोको स्याउला चाहिएको छ
कसैलाई डोकाका डोका स्याउला चाहिएको छ
सिकन्दर यो धर्तीलाई अन्तिम बिदाइ दिंदै गर्दा
खाली हात गएका थिए
यी स्याउला बोकेर जानेछन्
यहाँप्रत्येक संसदीय जुवारी
स्याउला जुवारी हो
जसो कि प्रोक्सी वार ।

प्रोक्सी वार
जहाँ देखिने र खेलिने मञ्चन अलग हुन्छ
यो अध्यादेश जुवारी
एमसीसी मञ्चनको
एउटा सानो स्क्रिप्ट हो
यो महाकाली मञ्चनको
कास्टिङ मात्र हो ।

यो अध्यादेश आउनु र जानु
जनतामाझ फालिएको
मन्द विष हो
ताकि जनता भोको पेट
मन्द विष खाइ रहून्
संसद् भित्रका छेपारा
स्याउला बटुलेर
पानी–ट्याङ्कीमा हालि रहून्
कालो धन विदेशतिर पठाइरहून्
लाल–ख्वामित
तपाईंको लाल–सत्ता सदा जीवित रहोस्
लुई सोह्रौँ महाराजकी जय होस् ख्वामित !

लाल ख्वामित
यो पृथ्वीको डल्लो
तपाईंकी आमाका गर्भाशयबाट
फ्वात्त झरेको डल्लो हो ख्वामित
तपाईं जोति रहनुहोस् ख्वामित ।

लाल ख्वामित
जब जनगणना हुन्छ
यो देशका जनता
राता भेडा बाख्रा हुन् ख्वामित
तपाईं जोति रहनुहोस् ख्वामित ।

लाल ख्वामित
जब जनयुद्ध भयो
यो देशका जनता
दुईखुट्टे राता भेडाबाख्रा भए
आज तिनका लाल सलाम गर्ने हात छैन
आज जनतासँग पासो लगाउने हात छैन
आज जनतासँग बन्दुक बोक्ने हात छैन
जनताका हातहरू जनयुद्धको मोर्चामा गुमे
आज जनता कुँजा भए
कुँजा जनताको भोको पेटमा धाजा फाटेको छ
तपाईं धाजा परेको भोको पेटमा
हलो चलाउनुहोस् ख्वामित
तपाईं भोका पेटलाई
आतङ्कवादी घोषणा गर्नुहोस् ख्वामित ।

तपाईंभोको पेटलाई
स्याउली डोकाले
थुनिदिनु हो स्ख्वामित
तपाईं भोको पेटलाई स्याउली डोकाले
बन्दी बनाउनुहोस् ख्वामित
कुनै दिन
भोको पेट बन्दी बिरालो होलान् ख्वामित
लालख्वामित महाराज कि जय होस्ख्वामित
लाल ख्वामित तपाईंको लालसत्ता सदा जीवित रहोस् ख्वामित ।

लुई सोह्रौँ महाराजकी जय होस् ख्वामित
तपाईंको लाल–गिलोटिन सदा जीवित रहोस् ख्वामित
तपाईंको जय होस् ख्वामित!

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४