काठमाडौं । नेपाल विद्यार्थी संघका पूर्वमहामन्त्री कुन्दनराज काफ्लेले कोरोना राहत कोषमा दुई लाख रुपैयाँ नगद दिएका छन् ।
सोमबार स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई उनले नगद हस्तान्तरण गरे । रकम हस्तान्तरण गर्न उनी श्रीमती मेनुकासहित स्वास्थ्य मन्त्रालयमा गएका थिए ।