Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

ज्ञानेन्द्र शाहीलाई २४ घन्टाभित्र अदालतमा पेस गर्नु


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, बैशाख १४ २०७७
  • 2K
    SHARES

काठमाडौँ । सामाजिक अभियन्ता ज्ञानेन्द्र शाहीलाई प्रहरी नियन्त्रणमा राखी राख्नुको कारण पेश गर्न सर्वोच्च अदालतले आदेश दिएको छ। सर्वोच्च अदालतले आइतबार एक आदेश दिँदै उनलाई पेश गर्नेबेला उपस्थित गराउन पनि भनेको छ।
केही दिनअघि प्रहरीले शाहीलाई ललितपुरबाट पक्राउ गरेर थुनामा राखेपछि उनको तर्फबाट अधिवक्ता इन्द्रप्रसाद अर्यालले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्चले २४ घण्टाभित्र कारण पेश गर्न आदेश दिएको हो। न्यायाधीश हरि फुयालको इजलासले जारी गरेको आदेशमा कोभिड १९ को संक्रमणको अवस्थामा पक्राउ परेको व्यक्तिलाई पछि उपस्थित गराउने शर्तमा आफन्तको जिम्मा लगाउन सकिने भए पनि किन थुनामै राखेको हो ? त्यसको कारण पेश गर्न आदेश दिएको हो ।
सर्वोच्च अदालत र महान्यायाधीवक्ता कार्यालयले मातहतका कार्यालय तथा प्रहरीलाई मुलुकी अपराध संहिता कार्यविधि २०७४ को दफा १५ अनुसार गम्भीर किसिमका अपराधमा संलग्न अभियुक्तलाई पछि हाजिर गराउने गरी आफन्तको जिम्मा लगाउन निर्देशन दिएको थियो ।
निवेदकले उक्त निर्देशन तथा कानुनी व्यवस्थाको उल्लंघन गर्दै शाहीलाई थुनामै राखिएको दाबी गरेपछि सर्वोच्चले कारण पेश गर्न भनेको हो । शाहीद्वयलाई प्रहरीले केही दिनअघि पक्राउ गरेको थियो।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४