Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

राष्ट्रपति पौडेललाई भारत लैजाने तयारी


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, बैशाख ६ २०८०
  • 2.5K
    SHARES

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेललाई थप उपचारका लागि भारतमा लैजाने तयारी भएको छ । फोक्सोमा संक्रमण देखिएपछि त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका राष्ट्रपति पौडेललाई परिवारले नै भारतमा उपचारका लागि लैजान चिकित्सकसँग आग्रह गरेका हुन् ।

स्रोतका अनुसार चिकित्सकहरूले राष्ट्रपति पौडेलको स्वास्थ्य जाँच र प्रयोगशाला परीक्षणका रिपोर्ट हेरेर यस विषयमा निर्णय लिन सक्ने छन् । परिवारका सदस्यले थप उपचारका लागि भारत लानुपर्ने बताएपछि सरकारले पनि एयर एम्बुलेन्समार्फत् भारत लाने तयारी गरेको हो । संभवतः पौडेललाई आजै एयर एम्बुलेन्समार्फत भारत लगिनेछ ।

राष्ट्रपति पौडेलको निजी चिकित्सक एवं वरिष्ठ छातीरोग विशेषज्ञ डा. निरज बम लगायतको टोली उनको उपचारमा संलग्न छन् । केही दिनअघि पनि पौडेल पेटसम्बन्धी समस्या भएपछि त्रिवि शिक्षण अस्पताल भर्ना भएका थिए । यसअघि चैत १८ गते अस्पताल भर्ना भएर उहाँ २२ गते डिस्चार्ज भएका हुन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४