काठमाडौँ । सरकारले लकडाउनको अवधि बैशाख २५ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ ।
मन्त्रिपरिषद्को आइतबार साँझ बालुवाटारमा बसेको बैठकले लकडाउनको अवधि बैशाख २५ गतेसम्म लम्ब्याउने निर्णय गरेको बताइएको छ । कोरोना भाइरसको नियन्त्रण तथा रोकथामका लागि सरकारले गत चैत ११ गतेदेखि लकडाउन सुरु गरेको थियो ।
यसअघि सरकारले जेठ २ गतेसम्म आन्तरिक तथा बाह्य हवाई उडान बन्द गर्ने निर्णय गरिसकेको छ । सरकारले पछिल्लोपटक १५ दिन लकडाउन लम्ब्याएको थियो ।
त्यसयता सरकारले चौथोपटक लकडाउनको अवधि लम्ब्याउने निर्णय गरेको हो। नेपालमा हालसम्म ५२ जना कोरोना संक्रमित भेटिएका छन् भने १६ जना निको भएर फर्किईसकेका छन् ।