काठमाडौँ । शताब्दी पुरुष सत्यमोहन जोशीकी पत्नी राधादेवी जोशीको निधन भएको छ ।
१०० वर्षीया राधादेवीको आज बिहान ५ बजे र १५ मिनेटमा क्रिष्ट अस्पतालमा निधन भएको हाे ।
श्वासप्रश्वासमा समस्या भएको कारण दुई साताअघि उनलाई क्रिष्ट अस्पतालमा भर्ना गरिएको थियो ।
८४ वर्षभन्दा लामो समयसम्म सहयात्रामा रहेका शताब्दी पुरुष पति सत्यमोहन जोशीको गत असोज ३० गते १०३ वर्षको उमेरमा निधन भएको थियो ।