Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

“नेपाली कांग्रेसमा मन्त्रीको भागबण्डा विवाद साम्य, यसरी मिल्यो कुरा”


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, बैशाख १ २०८०
  • 3.1K
    SHARES

काठमाडौँ । नेपाली कांग्रेसमा मन्त्री भागबण्डाले निम्त्याएको विवाद साम्य भएको छ । पार्टीभित्र मन्त्री भागबण्डामा डा.शेखर कोइराला–गगनकुमार थापा पक्षले ३३ प्रतिशत हिस्सा पाएपछि विवाद किनारा लागेको हो ।

पार्टी सभापति शेरबहादुर देउवाले मन्त्री छनोटमा पेलेर जान खोजेपछि डा.शेखर कोइराला–गगनकुमार थापा समूह असन्तुष्ट थियो । डा. शेखर कोइराला र महामन्त्री गगनकुमार थापा समूहले मन्त्रीको नाम नपठाएपछि चैत १७ मा मन्त्रिपरिषद् विस्तार हुँदा नेपाली कांग्रेसबाट चार जनाले मात्र शपथ लिएका थिए ।

उपप्रधानसहित रक्षामन्त्री सम्हाल्ने गरी उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा नेपाली कांग्रेस संघीय सरकारमा सामेल भएको छ । यस्तै, अर्थमन्त्रीमा डा. प्रकाशशरण महत, उद्योग वाणिज्य तथा आपूर्तिमा रमेश रिजाल र सहरी विकास मन्त्रीमा सीता गुरुङ नियुक्त भएका छन्  । गठबन्धनमा भएको मन्त्रालय भागबण्डा अनुसार नेपाली कांग्रेसबाट थप ४ मन्त्री र एक राज्यमन्त्रीको शपथ चैत १७ मा आन्तरिक विवादकै कारण रोकिएको थियो  ।

नेपाली कांग्रेसको भागमा परेको परराष्ट्र, कानुन, न्याय तथा संसदीय मामिला, युवा तथा खेलकुद र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड” कै काँधमा रहेको छ  । जनता समाजबादी पार्टी जसपाको भागमा रहेको वन तथा वातावरण मन्त्रालय र जनमतका अब्दुल खानले राजीनामा दिएपछि रिक्त खानेपानी मन्त्रालयको जिम्मेवारी पनि प्रधानमन्त्रीले नै सम्हाल्दै आएका छन् ।

प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले छिटै मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारीमा प्रधानमन्त्री रहेको बताएका छन्  । उनले भने, नेपाली कांग्रेसबाट मन्त्री बन्नेको नाम नआउँदा मन्त्रिपरिषद्लाई पूर्णता दिन विलम्ब भएको हो । नेपाली कांग्रेसका सभापतिले आज–भोलि नै मन्त्रीको नाम पठाउने मैले बुझेको छु । अब छिटै सरकारले पूर्णता पाउँछ ।

सरकारलाई पूर्णता दिने सन्दर्भमा गत बुधबार साँझ बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच छलफल भएको थियो । उनका अनुसार देउवाले पार्टीको असन्तुष्ट पक्षलाई मिलाएर छिटै मन्त्री बन्नेहरुको नाम पठाउने बताएका थिए । प्रचण्डसँगको छलफलपछि सभापति देउवाले नेता डा. शेखर कोइराला र महामन्त्री गगनकुमार थापासँग संवाद गरेका थिए ।

देउवाले तीन मन्त्री र एक राज्यमन्त्री दिने संकेत गरेपछि बिहीबार बिहान डा. शेखर–गगन समूहको बैठक बसेको थियो । बैठकमा नेता कोइराला र महामन्त्री थापाले तीन मन्त्री र एक राज्यमन्त्री पाउने गरी सभापति देउवासँग छलफल भइरहेको ब्रिफिङ गरेका थिए ।

नेता कोइरालाको सम्पर्क कार्यालय बालुवाटारमा प्रतिनिधिसभा र राष्ट्रिय सभाका आफू पक्षीय सांसदहरूको बैठकमा उनीहरुले तीन मन्त्री र एक राज्यमन्त्री पाउने ब्रिफिङ गरेका नेपाली कांग्रेस सहमहामन्त्री बद्री पाण्डेले बताएका छन्  ।

यस्तै नेता दीपक गिरिले मापदण्डका आधारमा मन्त्री छनोट गरी सभापतिलाई बुझाउने सहमति बैठकमा भएको बताएका छन्  । उनले भने, ‘मन्त्री छनोटको मापदण्ड बनाउने कुरा भएको छ । पदाधिकारी मात्र पठाउने वा प्रदेश र समुदायको प्रतिनिधित्व गराउने भन्ने विषयमा छलफल भयो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल” प्रचण्ड” नेपाली कांग्रेसलाई ९ मन्त्री र एक राज्यमन्त्री दिन तयार भएपछि डा. शेखर-गगन समूहलाई तीन मन्त्री दिन सभापति देउवालाई केही सहज भएको देखिन्छ । नेपाली कांग्रेसका सहमहामन्त्री पाण्डेका अनुसार सत्ता गठबन्धनमा नेपाली कांग्रेसले थप एक मन्त्रालय पाउने डा.शेखर कोइरालाको पनि आशय थियो ।

सत्ता गठबन्धनमा यसअघि नेपाली कांग्रेसले ८ मन्त्री र एक राज्यमन्त्री पाउने सहमति भएको थियो । जनमत पार्टी सरकारबाट बाहिरिएपछि नेपाली कांग्रेसको भागमा एक मन्त्रालय थपिएको छ ।

बाँकी मन्त्रालयमा नेता एनपी साउद र मोहन बहादुर बस्नेतलाई मन्त्री बनाउने देउवाको तयारी रहेको छ । डा.शेखर–गगन समूहबाट उपसभापति धनराज गुरुङ, सहमहामन्त्रीद्वय बद्री पाण्डे, जीवन परियार, दिपक गिरी, डिगबहादुर लिम्बु, सुरेन्द्र आचार्यको नाम मन्त्रीका लागि चर्चामा रहेको छ । महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले नेता प्रदीप पौडेललाई मन्त्री बनाउन लबिङ गरेको नेपाली कांग्रेस वृत्तमा चर्चा रहेको छ ।

सह–महामन्त्री पाण्डेले मन्त्री कसलाई बनाउने भन्ने विषयमा बिहीबारको बैठकमा कुनै निर्णय नभएको बताएका छन्  । आफू पक्षीय सांसदसँगको छलफलपछि बिहीबार नै डा.शेखर कोइराला सभापति देउवालाई भेट्न धुम्बाराही पुगेका थिए ।

सभापति देउवा र नेता डा. कोइरालाबीच छुट्टै मन्त्रीको नाम प्रधानमन्त्रीलाई बुझाउन सहमति भएको छ । सभापति देउवाका प्रमुख स्वकीय सचिव भानु देउवाले भने, ‘अब चाँडै मन्त्रीको नाम सिफारिस गर्छौँ । उता डा.शेखर–गगन समूहबाट पनि मन्त्री बन्नेको नाम आउलाजस्तो छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४