Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

दलित परिवारलाई दलित विद्यार्थी संघको पहलमा राहत वितरण


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, बैशाख १३ २०७७
  • 2.9K
    SHARES

काठमाडौं । नेपाल दलित विद्यार्थी संघको संयोजनमा उपत्यकाका ३ सय दलित परिवारले पाएका छन् । नेपाली कांग्रेस निकट दलित विद्यार्थी संघको नेतृत्वमा उपत्याकामा बिहीबार राहत वितरण गरिएको हो ।
संघका केन्द्रीय अध्यक्ष राजु सुनारले लकडाउनका कारण दैनिकी चलाउन समस्यामा परेका दलित व्यक्ति तथा परिवारलाई तत्कालको खाँचो टर्ने गरी राहत उपलव्ध गराइएको बताए । संघको केन्द्रीय समितिले केही दिन अघि लकडाउनका कारण दलित समुदायका कोही काठमाडौंमा समस्यामा परे सम्पर्क गर्नु भनेर पदाधिकारी तथा सदस्यको नाम र नम्बर नै सार्वजनिक गरेको थियो । यसपालिको राहत वितरणमा टेगार फाउण्डेसन नेपालले प्रमुख सहयोग गरेको छ । १ बोरा चामल, ५ केजी दाल, २ लिटर तेल र नुन लगायतका सामग्री प्रत्येकलाई उपलव्ध गराइएको छ । यो अभियानमा स्यम्बु लामा समूहको पनि विशेष योगदान रहेको सुनारले जनाए । यही अभियान अन्तर्गत जोरपाटीमा खाना खुवाइदै गरेको ठाउँमा पनि १० बोरा चामल, ५० केजी दाल, २० लिटर तेल, नुन र अन्य सामग्री उपलव्ध गराइएको छ । गोकर्णेश्वर नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष नारायणबहादुर सुवेदीको नेतृत्वमा बुधबारबाट दिनमा २ छाक जोरपाटीमा निःशुल्क खाना खुवाइदैछ ।
राहत वितरणमा नेपाल दलित संघ केन्द्रीय समितिले पनि सहकार्य गरेको थियो । पूर्वमन्त्री तथा सांसद मीन विश्वकर्मा, हरिशरण नेपाली, दीपक सोनी, सुवास बराइलीलगायतले पनि समन्वय गरेकामा सुनारले आभार व्यक्त गरेका छन् । लकडाउनका कारण खान नपाएर कोही पनि समस्यामा नपरोस् भनेर अभियान चलाएको सुनारको भनाई छ । सुनारको नेतृत्वमा नै यसअघि गोकर्णेश्वर र बुढानिलकण्ठका २ वटा वालगृहमा प्रत्येकलाई ५ बोरा चामल, दाल, तेल , चिनीलगायतका सामग्री वितरण गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४