Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

डा. ढाकाको “लहरो तान्दा पहरो गर्जिन्छ” मेडिकल क्षेत्रमा बदमासीदेखि, खानेपानीको रकम हिनामिनासम्म


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, चैत्र २७ २०७९
  • 2.3K
    SHARES

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीबाट सांसद बन्दै गर्दा डा. ढाकाकुमार श्रेष्ठबारे गाइँगुइँ चल्यो, ‘यी मान्छे अहिले सांसद भएपनि पनि निलम्बित हुन्छन् ।’ कारण उनको विगत थियो । औषधी पसलको अनुमति लिएर मेडिकल सञ्चालन देखि सहकारीको रकम हिनामिनासम्म यिनको ठुलो हात रहेको छ  । गाउँमा खानेपानी आयोजनाका नाममा रकम उठाएर हिनामिना गरेको आरोप पनि उनलाई लागेको थियो । त्यतिबेला मिडियाहरूले त्यसबारे खासै वास्ता गरेनन् । पछि उनकै सहकारीले बचतकर्तालाई रकम फिर्ता नदिएपछि ढाकाको ढकनी खुल्न लागेको थियो ।

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा”बाट समानुपातिक बन्द सूचीमा पर्ने बेलासम्म उनको सामाजिक र सार्वजनिक परिचय नै भएको थिएन । धेरै कमले मात्रै उनलाई चिनेका थिए । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा”को गण्डकी प्रदेश सभापति हुनुअघि उनको परिचय मेडिकल क्षेत्रमा मात्रै सीमित रहेको थियो । त्यसअघि नै उनले साथी किसान सहकारीको अध्यक्ष भएर पनि रकम हिनामिना गरेका रहेछन् । डा. ढाकाकुमार श्रेष्ठलाई चिन्न अझै अगाडी जानुपर्ने भयो ।

२०७४ साल साउन महिनाको १० गते सिडियो सहितको नेतृत्वमा पृथ्वीचोकको शुभ बिहानी पोलिक्लिनिकमा छापा मर्दाखेरि ! उक्त पोलिक्लिनिक अवैध थियो र  डा. ढाकाकुमार श्रेष्ठले नै उक्त पृथ्वीचोकको शुभ बिहानी पोलिक्लिनिक चलाएका थिए । औषधी पसलको अनुमति लिएर उनले गैरकानूनी रूपमा १५ शैय्याको अस्पताल नै चलाएका थिए । उनले असुरक्षित गर्भपतन गराएर रकम असुल्ने गरेको पनि तत्कालीन अनुगमन समितिले पत्ता लगाएको थियो ।

उनी अध्यक्ष रहेको साथी किसान सहकारीले बचतकर्ताको पैसा फिर्ता नदिएपछि अहिले सहकारी नै बन्द रहेको छ । उक्त सहकारीको अध्यक्षबाट बिदा भएपछि उनले बुज बुजारथ पनि गरेनन् । बचतकर्ताहरुको बिचल्ली बनाएका छन । राजनीतिमा लागेपछि उनले कात्तिक महिनादेखि सहकारीको नेतृत्व छोडेका थिए । सहकारीको रकम उनले नै चलाएको खुलेको छ ।

त्यतिमात्रै होइन, उनले २०७४ मा कास्कीकोटमा खानेपानी विस्तार गर्ने योजना सहित चन्दा रकम संकलनको अभियान नै चलाएका रहेछन । आफ्नै जन्मथलो भएकोले त्यहाँ खानेपानीको बोरिङ खन्ने योजना उनको आफ्नो थियो । तर उक्त अभियानमा कति रकम जम्मा भयो,भन्ने अरु कसैलाई पनि थाहा छैन । स्थानीयले रकम खोजी गर्दा उनी सधैँ तर्किने गरेको आरोप लागेको छ । डा. ढाकाकुमार श्रेष्ठले ‘हाम्रो परिवर्तन नेपाल’ नामक संस्था खोलेर यस्तो कामहरु गर्ने  गरेका थिए भन्ने कुरा पनि अहिले आएर सार्बजनिक भएको छ।

सोही संस्थालाई पार्टीका रूपमा दर्ता गर्ने तयारी गर्दै गर्दा राष्ट्रिय स्वतन्त्र पार्टी “रास्वपा”को जन्म भएको थियो र उनी बि.स.२०७९ साउन महिनाको ७ गते डा. ढाकाकुमार श्रेष्ठ राष्ट्रिय स्वतन्त्र पार्टी “रास्वपा “को  गण्डकी प्रदेश सभापति बनेका हुन्  । अहिले उनी राष्ट्रिय स्वतन्त्र पार्टी “रास्वपा “को  गण्डकी प्रदेश सभापति छैनन् तर रास्वपा”बाट उनि पहिलो लिष्टमा समानुपातिक सांसद बनेका छन् । उनै राष्ट्रिय स्वतन्त्र पार्टी “रास्वपा”को गण्डकी प्रदेशका पुर्ब सभापति डा. ढाकाकुमार श्रेष्ठको मेडिकल ब्यबसायी तथा मार्सी भात भनेर चिनिने दुर्गा प्रसाईसँग  २ करोड मागिएको गरेको अडियो आइतबार विभिन्न मिडियाहरुमा  सार्वजनिक भएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४