काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा”का सभापति रवि लामिछानेले पैसा मागेको प्रमाणित गर्न चुनौती दिएका छन् । सोमबार चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै रबि लामिछानेले आफूले कसैसँग घुस लिएको वा पैसा मागेको प्रमाणित गर्न चुनौती दिएका छन् ।
मेडिकल व्यवसायी दुर्गा प्रसाईँले रवि लामिछानेले सिधा कुरा जनतासँग चलाउँदा आफूसँग २५ लाख मागेको बताएका थिए । उनले पत्रकार ऋषि धमलासँग अन्तरवार्ता दिँदै रविले मन्त्री बनाउँदा ८ करोड खाएको र सिधा कुरा चलाउँदा मसँग २५ लाख मागे दाबी गरेका थिए ।
उक्त दाबीको जवाफ फर्काउँदै रबि लामिछानेले प्रमाणित गर्न चुनौती दिएका हुन् । ‘मैले अहिलेसम्म कसैको एक सुक्का खाएको छैन । कसैको एक सुक्काको लोभ छैन, मलाई २-४ करोडमा किन्न सकिन्छ भन्ने सपना नदेखे हुन्छ,’ सभापति लामिछानेले अगाडि भने, ‘तर मेरो गुनासो केही छैन उहाँप्रति धन्यवाद छ । आभार छ, जसले मेरा ती कुराहरू बाहिर ल्याइदिनुभयो । प्रमाणित भएको खण्डमा उहाँलाई फूलामाला लिएर धन्यवाद दिनेछु ।
रबि लामिछानेले बेइमानी गर्नेलाई नङ्ग्याउने बताएका छन् । ‘कुनै बेइमानले मेरो नाम दिएर पैसा असुली गर्यो भने मैले त्यसको सजाए भोग्नु पर्दैन,’ उनले भने, ‘त्यो बेइमानलाई नङ्ग्याउन मलाई आउँछ । हामी पुराना भ्रष्टाचारका फाइल खोल्नुपर्छ भन्ने दलका मान्छे हुँ । तर चुनाव हराउने षडयन्त्र भए सहन सकिँदैन ।
राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा”का सांसद डा. ढाकाकुमार श्रेष्ठले स्वास्थ्यमन्त्री बन्नका लागि पार्टी सभापति रवि लामिछानेको कोर टीमका सदस्यलाई पैसा बुझाउन भन्दै दुर्गा प्रसाईँसँग २ करोड मागेको अडियो आइतबार कपुर बोट अनलाइन मार्फत सार्वजनिक भएको थियो । सो अडियोमा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा”का सांसद डा. ढाकाकुमार श्रेष्ठले मन्त्री बन्न पार्टी सभापति रवि लामिछानेका मान्छेलाई २ करोड बुझाउनु पर्ने बताएका थिए । त्यसको साँझ दुर्गा प्रसाईँले रविले नै मन्त्री बनाउँदा ८ करोड खाएको र सिधा कुरा चलाउँदा आफूसँग २५ लाख मागेको दाबी गरेका छन् ।