काठमाडौँ । कोरोना संक्रमित भएर शहीद शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालमा उपचारका लागि भर्ना भएकी एक युवतीलाई अस्पतालले डिस्चार्ज गरेको छ ।
पूर्ण रुपमा स्वस्थ भएपछि शनिबार कोरोना संक्रमित युवती प्रसिद्धि श्रेष्ठलाई अस्पतालले डिस्चार्ज गरेको हो । डिस्चार्ज भएसँगै प्रसिद्धि घर फर्केकी छन् । उनी २७ दिनसम्म अस्पतालमा रहेकी थिइन् ।