Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

मतदाता नामावली संकलन अनलाइनबाटै


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, चैत्र २३ २०७९
  • 1.8K
    SHARES

काठमाडौं । बैतडीमा फोटोसहितको मतदाता नामावली संकलन र अद्यावधिक कार्य सञ्चालनमा रहेको छ । यसअघि निर्वाचन कार्यालयमै सबै विवरण संकलन गरिने भएपनि हाल अनलाइनमार्फत आफैं नै भर्न सकिने व्यवस्था मिलाइएको हो ।

नागरिकता बनाएर यसअघि नामावलीमा नाम दर्ता नगराएकाहरुले अनलाइन मार्फत आफ्नो विवरण भरेर नाम दर्ता गराउनसक्ने जिल्ला निर्वाचन कार्यालयका कम्प्युटर अपरेटर तर्कराज जोशीले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो,“ निर्वाचन आयोगको वेभसाइटमा गएर अनलाईनमार्फत आफ्नो विवरण आफैं भर्न सक्ने व्यवस्था छ । अनलाइन विवरण भरिसकेपछि आवेदन नम्बर ल्याएर निर्वाचन कार्यालयमा फोटो र फिंगर प्रिन्ट लिनुपर्छ । त्यसपछि नामावलीमा नाम दर्ता हुन्छ । ”

नामावलीमा यसअघि नाम दर्ता गराउन छुटेका सम्पूर्णलाई नाम दर्ता गराउन आग्रह गरिएको छ । जिल्लामा अनलाइनमार्फत हालसम्म एकसय ६५ जनाले आफ्नो नाम दर्ता गराएका कम्प्युटर अपरेटर जोशीको भनाइ छ ।

गत मंसिरमा सम्पन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि स्थगित भएको नामावली संकलन कार्य गएको माघ १७ गतेदेखि पुनः सुचारु भएको हो ।

१६ वर्ष उमेर पुगेर नेपाली नागरिकताको प्रमाणपत्र लिएका नागरिकहरुले फोटो सहितको मतदाता नामावलीमा नाम दर्ता गर्न सक्नेछन् । फोटो सहितको मतदाता नामावलीमा नाम दर्ता १६ वर्षमा हुने भए पनि मताधिकारका लागि १८ वर्ष पूरा भएको हुनुपर्दछ ।

नामावलीमा नाम दर्ता गर्नका लागि नेपाली नागरिकताको प्रमाण पत्र, विवाहित महिलाको हकमा विवाह दर्ताको प्रमाण पत्र, बसाइसराई गरेर आएकाहरुको हकमा बसाइसराईको प्रमाणपत्र आवश्यक पर्ने जिल्ला निर्वाचन कार्यालय बैतडीले जनाएको छ ।
यसअघि गत मंसिरमा सम्पन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा बैतडीमा एक लाख ५० हजार एकसय ५६ मतदाता रहेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४