Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

“मोरङका ३ परीक्षा केन्द्रबाट १९९ जना एसईईका दिने नक्कली परीक्षार्थी परीक्षार्थी पक्राउ”


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, चैत्र २३ २०७९
  • 2.1K
    SHARES

काठमाडौँ  । मोरङमा विभिन्न ३ वटा परीक्षा केन्द्रबाट २०० जना नक्कली परीक्षार्थी पक्राउ परेका छन् । मोरङको ग्रामथान, केराबारी र सुन्दरहरैँचाका तीन परीक्षा केन्द्रबाट ती विद्यार्थी पक्राउ परेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रबक्ता प्रहरी नायव उपरीक्षक रञ्जन दाहालले जानकारी दिएका छन् । माध्यमिक शिक्षा परीक्षा एसईईका तीनवटा परीक्षा केन्द्रबाट ११६ जना विद्यार्थी पक्राउ परेका छन् ।

एसइई परीक्षामा परीक्षार्थी बनेर परीक्षा दिइरहेका १ सय ९९ जनालाई बिहीबार पक्राउ गरेको हो भने एक जनालाई बुधबार पक्राउ गरेको उनले जानकारी दिएका छन्  । दाहालले पक्राउ परेका परीक्षार्थीका विषयमा छानबिन भइरहेको जानकारी दिएका छन्  ।

सबैभन्दा बढी सरस्वती मावि ग्रामथानबाट ५२ जना, सार्वजनिक मावि केराबारीबाट १२७ जना र जनता मावि सुन्दरहरैँचाबाट २० जना पक्राउ परेका छन् । यिनीहरूलाई जिल्ला प्रहरी कार्यालयमा पठाउने काम भईरहेको छ । एकै पटक धेरै नक्कली परीक्षार्थी फेला परेपछि प्रहरीलाई त्यसको व्यवस्थापनमा साधन श्रोतको कारण केही समय लाग्ने जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

प्रहरीले बुधबार सोही परीक्षा केन्द्रबाट एक जनालाई पक्राउ गरेको थियो । बिहीबार १९९ जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रबक्ता प्रहरी नायव उपरीक्षक रञ्जन दाहालले पुष्टि गरेका छन्  ।

“आज ५२ जना शंकास्पद परीक्षार्थीलाई नियन्त्रणमा लिएका छौं भेरिफाइ भइरहेको छ,’उनले भनेका छन्  एउटाको नाममा अर्कैले परीक्षा दिएको भेटिएपछि नियन्त्रणमा लिएर अनुसन्धान गर्दैछौं ।

कुन-कुन विद्यालयका विद्यार्थी हुन भन्ने खुल्ने क्रममा रहेको उनले बताएका छन्  । प्रहरी स्रोतका अनुसार पक्राउ परेका मध्ये धेरै जनाले नरग्राम माध्यमिक विद्यालयका विद्यार्थीको प्रवेश पत्र बोकेका छन् ।

शंकास्पद ५२ जनालाई नियन्त्रणमा लिएको प्रहरीले यो संख्या घटबढ हुनसक्ने बताएको छ ।

यस्तै, केराबारी गाउँपालिका-७ स्थित सार्वजनिक माध्यामिक विद्यालयबाट ४४ जना र सुन्दरहरैचा नगरपालिका-१ स्थित जनता माध्यामिक विद्यालयबाट २० पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनीहरू सामाजिक विषयको परीक्षा दिंदै गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४