काठमाडौं । नेपालमा एकैदिन १४ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । उदयपुरमा १२ जना र चितवनमा दुई नेपालीमा कोरोना संक्रमण पुष्टि भएको हो ।
शुक्रबार थपिएका मध्ये १२ जना उदयपुरमा छन् । उनीहरु मध्ये केही भारतीय हुन् । यस्तै शुक्रबार थपिएका दुई जना संक्रमित चितवनको राप्ती नगरपालिका ८ का आमा छोरा हुन् ।
शुक्रबार उदयपुरमा १२ जना र चितवनका २ जना गरी १४ जना थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
उदयपुरको एक मस्जिदमा भेटिएका १२ मध्ये अधिकांश भारतीय नागरिक रहेको बताइएको छ।
तर उदयपुरको केसले समुदायमा संक्रमित गराउँछ कि भन्ने डर देखाएको स्वास्थ्य मन्त्रालयका एक अधिकारीले बताए।
चितवनबाट बिहीबार बेलुका ल्याइएको २ वटा स्वाबको रिपोर्ट पोजिटिभ देखिएको भरतपुर अस्पतालले बताएको छ ।