काठमाडौं । नेकपा माओवादी केन्द्रले पदाधिकारी बैठक बोलाएको छ ।
नेकपा माओवादी पदाधिकारीको बैठक आजै अपराह्न ४ बजे बस्न लागेको हो । बैठक पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा बस्ने तय भएको छ ।
पछिल्ला राजनीतिक एवम् समसामयिक विषयहरुमा छलफल गर्न बैठक बस्न लागेको नेकपा माओवादी नेताहरूले बताएका छन् ।