Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

धर्मले समाज र राष्ट्रलाई भावनात्मक एकतामा बाध्छ : उपराष्ट्रपति यादव


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, चैत्र २१ २०७९
  • 3K
    SHARES

काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले सबै धर्मले शान्ति, सामाजिक सहिष्णुता एवं भातृत्वअभिवृद्धिमा सहयोग पुग्ने बताएका छन् । जैन धर्मका प्रणेता भगवान महावीरको जन्मोत्सवको अवसरमा नेपाल जैन परिषद्ले आज यहाँ आयोजना गरेको समारोहमा उनले धर्मको माध्यमबाट समाज र राष्ट्रलाई भावनात्मक एकता बलियो बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गरे ।

उपराष्ट्रपति साहले भने, ‘धर्मको विभिन्न प्रकार भए पनि सबै धर्मको लक्ष्य एउटै हुन्छ । धर्मको परिभाषा र प्रभाव सार्वजनिक हितको भावनाबाट ओतप्रोत हुने भएकाले जनकल्याणलाई केन्द्रमा राखेको हुन्छ ।’

अहिंसा, अपरिग्रह र अनेकान्तबादका प्रणेता भगवान महावीरले प्रतिपादित गर्नुभएका सिद्धान्त र विचार वर्तमानमा अझ बढी प्रासङ्गीक एवं समयसान्दिर्भिक भएको उनले उल्लेख गरे ।

उपराष्ट्रपति साहले नेपाल आफैमा ऋषिमुनिहरुले तपस्या गरेको र भगवान ऋषवदेव, नविनाथ, मल्लिनाथ, पाश्र्वनाथ, महावीर एवं आचार्य स्थूलिभद्र स्वामी जस्ता महापुरुषको प्रभाव क्षेत्र रहेको हुनाले हामी नेपालीहरु आफूलाई गौरवान्वित ठान्ने बताए । उनले दुराग्रह, अनेकान्तवाद, आग्रहीनताले पारिवारिक, सामाजिक र विश्वशान्तिका लागि वर्तमानमा आम जनमानस साकाहारी संयमी एवं मितव्यही हुन आवश्यक रहेको खाँचो आँैल्याए ।’

नेपालमा जैनर्धालम्बीहरु सबै ठाउँमा विभिन्न समुदायकाबिचमा मिलेर बसोबास गरिरहेका र उनीहरु जहाँ रहेपनि भगवान महावीरका सिद्धान्त अनुशरण गर्दै धार्मिक, सांस्कृतिक र समाजसेवाका माध्यमबाट सकारात्मक छाप छोड्न सफल भएको उपराष्ट्रपति साहको भनाइ छ । धर्मले संसारको नीति नियमलाई व्यवहारिक बनाउन प्रेरित गरेको बताउँदै उनले अहिंसा, शान्ति, एकान्तवाद, नैतिकताको प्रचारप्रसार जैनधर्मको महत्वपूर्ण पक्षलाई जनजनमा पु¥याउन परिषद्ले भूमिका खेल्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा समर्णनिर्देशिका डा निर्माण प्रज्ञाले भवगान महावीर एक व्यक्ति मात्र नभइ चेतना, सन्देश हो भन्दै विश्व शान्ति तथा मानव र जीजन्तुको कल्याणका निम्ति उनको सिद्धान्तलाई आत्मसाथ गरेर अघि बढ्नुपर्नेमा जोड दिए ।

जैनधर्म परिषद्का अध्यक्ष महेन्द्रकुमार जैनले जैन धर्मको आफ्नो मौलिक तत्वज्ञान, अद्भूत दृष्टि अर्थात समग्रमा एउटा जीवन्त धर्म भएकाले आजको सन्दर्भमा पनि जैन धर्मको महत्व सान्दर्भिक बनिरहेको उल्लेख गरे । सो अवसरमा ‘जिन संसार’ नामक स्मारिका विमोचन गरिएको थियो ।

यसअघि जन्मोत्सवको अवसरमा बिहान प्रभातफेरि आयोजना गरिएको थियो । चैत २१ गते भगवान महावीरको जन्मोत्सव नेपालसहित विश्वका विभिन्न मुलुकमा जैन–अजैन समुदायले हर्षोउल्लासका साथ मनाउदै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४