Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

ट्वीटरको लोगो परिवर्तन, चराको सट्टा कुकुर ट्वीटरको चिनारी


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, चैत्र २१ २०७९
  • 1.8K
    SHARES

एजेन्सी । ट्वीटर कम्पनीका मालिक एलन मस्कले ट्वीटरको लोगो परिवर्तन गरेका छन् ।

ट्वीटरको माइक्रो–ब्लगिङ साइटमा ठूलो परिवर्तन गर्दै मस्कले नीलो रङको चराको सट्टा जापानी कुकुर शिवा इनुलाई ट्वीटरको लोगो बनाएका हुन् । गत अक्टोबरमा ट्वीटरको स्वामित्व लिएपछि एकपछि अर्को चर्चाका निर्णय गर्दै आएका मस्कले साेमबारराति ट्वीटरको लोगो फेर्दै अर्को चर्चा सिर्जना गरेका छन ।

डेस्कटप र ल्याटप प्रयोगकर्ताहरुले लोगो परिवर्तन भएको देखे पनि मोबाइल एपमा भने तत्काल परिवर्तन हुने छैन । यस अघि ट्वीटरमा निलो टिकका लागि शुल्क लिने निर्णय गरेका थिए । मस्कले कम्पनीका सीईओ पराग अग्रवालसहित ठूलो संख्यामा कर्मचारी कटौती पनि गरेका थिए ।

ट्वीटरको नयाँ लोगो बनाइएको शिवाइनु कुकुर डोजक्वाइन नामक क्रिप्टो करेन्सीको समेत लागो रहेकाले ट्वीटर प्रयोगकर्ताहरुबीच यसले बढी चर्चा पाएको छ । सफ्टवेयर इन्जिनियरद्वय बिली मार्कस र ज्याक्सन पाल्मरले सन् २०१३ मा बिटक्वाइन लगायतका क्रिप्टोकरेन्सीहरूको मजाक उडान कुकुरको लाेगो राख्दै डोजक्वाइन सुरु गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४