Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

चितवनका कांग्रेस नेता जगन्नाथ पौडेलले भने– मेरो समर्थन रास्वपालाई


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, चैत्र २० २०७९
  • 1.6K
    SHARES

काठमाडौँ । चितवनका पुराना नेपाली कांग्रेसका नेता जगन्नाथ पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका उम्मेदवार रवि लामिछानेलाई समर्थन गर्ने घोषणा गरेका छन् ।

पौडेलले पत्रकारहरुलाई प्रतिक्रिया दिँदै आफ्नो समर्थन रास्वपालाई रहने बताएका छन्  । उनले भने, ‘छोटो समयमा देशले रुपान्तरण खोजेको छ । त्यो रुपान्तरणको निमित्त उपयुक्त टिमको आवश्यकता छ र त्यो टिममा ऊर्जावान व्यक्तिहरुको आवश्यकता छ । त्यो समूह भनेको स्वतन्त्र पार्टीहरुको समूह हो । त्यो भएको हुनाले उहाँहरुलाई सहयोग गर्दाखेरी देशले निकास पाउँछ भन्ने लाग्छ ।

रवि लामिछाने चितवन क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनको उम्मेदवार हुन् । नेपाली कांग्रेसले पूर्व जिल्ला सभापति जीतनारायण श्रेष्ठलाई उम्मेदवार बनाएको छ । 

पार्टी नै प्रवेश गर्ने कि समर्थनमात्र भन्ने प्रश्नमा पौडेलले भने, ‘अहिले समर्थनमात्र ।

पौडेल रवि लामिछानेसँगै निर्वाचन अधिकृतको कार्यालयमा पुगेका छन् । स्थानीय तह निर्वाचन र प्रतिनिधि सभा निर्वाचनमा पौडेल पार्टीको आधिकारिक निर्णयविरुद्ध चुनाव लडेका थिए ।

उनले आफू स्वतन्त्रताप्रेमी भएको बताएका छन्  । उनले भने, ‘म स्वतन्त्रताप्रेमी मान्छे हुँ । लामो समय आन्दोलनमा जिन्दगी बित्यो । अब परिवर्तनको आवश्यकता छ ।’चितवन क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठ,नेकपा  एमालेका रामप्रसाद न्यौपाने र राप्रपाका जीवलाल पुरी उम्मेदवार छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४