काठमाडौँ । नेपाली कांग्रेसका नेता एवं सांसद डा. सुनिल शर्माले भारतको मुम्बईस्थित नेशनल बर्नस् सेन्टरमा उपचाररत नेपाली कांग्रेसका नेता एवं सांसद डा. चन्द्र भण्डारीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । चिकित्सकको टोलीसहित गएका उनले शनिबार भारतको मुम्बईस्थित नेशनल बर्नस् सेन्टरमा उपचाररत भण्डारीलाई भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् ।
पार्टीका तर्फबाट सांसद शर्मा बर्न सेन्टरका प्रमुख प्लास्टिक सर्जन डा. शंकरमान राईलाईसमेत लिएर भेट्न पुगेका थिए । साथै उनकी पत्नी नोबेल मेडिकल कलेजकी प्रबन्ध निर्देशक इन्दिरा बराल शर्मा पनि भण्डारीलाई भेट्न मुम्बई पुगेकी थिइन् ।
उपचाररत नेपाली कांग्रेसका नेता एवं सांसद डा. चन्द्र भण्डारीलाई भेटेपछि प्रतिक्रिया दिँदै उनले स्वास्थ्यमा उल्लेख्य सुधार आएको बताएका छन् । डा.सुनिल शर्माले नेपाली कांग्रेसका नेता एवं सांसद डा.चन्द्र भण्डारीको सबै अवस्था बुझेको छु सबै राम्रो भइरहेको छ उनले भने,सुधार तीव्र गतिमा भइरहेकोले एक महिनाभित्र सांसद डा. चन्द्र भण्डारी अस्पतालबाट डिस्चार्ज हुने सम्भावना रहेको छ ।
डा.चन्द्र भण्डारी बर्नस् सेन्टरमा गत फागुन ४ गतेदेखि उपचाररत छन् । फागुन ३ गते काठमाडौँको बुद्धनगरस्थित घरमा ग्यास लिक भएर आगलागी हुँदा नेपाली कांग्रेसका नेता एवं सांसद डा. चन्द्र भण्डारी र उनकी आमा जलेर घाइते भएका थिए । उनकी ८६ वर्षीया आमाको उपचारका क्रममा कीर्तिपुर अस्पतालमा निधन भएको थियो ।