Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

रास्वपामा”तीन “भाइ”मिलेर-उपनिर्वाचनमा”क्लिनस्वीप”अर्को चुनावमा दुई तिहाइको योजना”


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, चैत्र १९ २०७९
  • 3.2K
    SHARES

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी “रास्वपा”ले उपनिर्वाचन हुने तीनै क्षेत्रमा “क्लिनस्वीप” गर्ने दाबी गरेको छ । शनिबार तीनवटै निर्वाचन क्षेत्रका उम्मेदवार तय गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी “रास्वपा”ले उपनिर्वाचनमा तीनै सिट जित्ने दाबी गरेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीले चितवन-२ मा सभापति रवि लामिछानेलाई ” तनहुँ-१ मा अर्थविद् डा. स्वर्णिम वाग्लेलाई ” र बारा-२ मा पूर्वएआइजी रमेश खरेललाई टिकट दिएको छ । पत्रकार सम्मेलनमा तीनै उम्मेदवारले सम्बन्धित क्षेत्रमा आफूहरू विजयी हुने दाबी गरेका छन्  । उपनिर्वाचन हुने तीन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी “रास्वपाले” “क्लिनस्वीप” गर्ने उनीहरूको दाबी रहेको  थियो ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबी लामिछानेले अर्थविद् डा. स्वर्णिम वाग्ले र रमेश खरेललाई हराउने कल्पना पनि गर्न नहुने भन्दै उपचुनावपछि “तीन भाइ” तीनैजना चुनाव जितेर घण्टाघरमा विजय उत्सवमा पत्रकार सम्मेलन गर्ने उद्घोष गरेका छन् । आफ्नो पार्टीले आगामी चुनावमा दुई तिहाइ बहुमतको सरकार बनाउने गरि तयारी गर्ने पनि राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रबि लामिछानेको दाबी थियो । आफ्नो पार्टीमा अर्थविद् डा. स्वर्णिम वाग्ले र रमेश खरेलजस्ता हजारौँ क्षमतावान् मानिसहरू जोडिने भन्दै रबि लामिछानेले आउँदो चुनावपछि बहुमतको सरकार बनाउने परिकल्पना आफूले गरेको बताएका छन्  ।

वाग्ले र खरेलजस्ता विज्ञहरू आफ्नो पार्टीमा आउनु सिंगो देशका लागि उज्यालोको संकेत भएको उनले बताएका छन्  ।  कार्यक्रम हजारौँ क्षमतावान् मानिसहरू जोडिन आँटेको जनाउ घण्टीमात्रै हो । सम्पूर्ण होइन । आज हामी तीन भाइ छौँ । तपाईँहरूको आगमनले हुर्कँदै गरेको पुस्तालाई भरोसा दिएको छ,’ सभापति लामिछानेले भने, ‘निराशाको एउटा ठूलो बादल छाएको ठाउँमा आशाको किरण बालिदिनुभएको छ । एउटा ज्योति बालिदिनुभएको छ । म त्यो दिनको परिकल्पना गरिरहेको छु, जतिखेर हामीले दुई तिहाइको सरकार बनाउने छौँ । तपाईँहरूजस्तो विज्ञहरूले मन्त्रालयहरू हाँक्नुहुनेछ ।

वैशाख १० गते प्रतिनिधिसभाका तीनवटै क्षेत्रमा उपनिर्वाचन हुँदैछ । तनहुँ-१ मा सत्ता गठबन्धनका तर्फबाट गोविन्द भट्टराई उम्मेदवार छन् नेकपा एमालेले सवेन्द्र खनाललाई उम्मेदवार बनाउने निर्णय गरेको छ । चितवन-२ मा नेपाली कांग्रेसका जितनारायण श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय गर्दा नेकपा एमालेले रामप्रसाद न्यौपानेलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

बारा-२ मा जनमत पार्टीले शिवचन्द्र कुशवाहालाई उम्मेदवार बनाउने निर्णय गरेको छ भने जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतो उम्मेदवार हुने तयारी छ । सत्ता गठबन्धन र नेकपा एमालेले उम्मेदवार तय गरेका छैनन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४