Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

रास्वपा चाँडै नै देशको सबैभन्दा ठूलो र लोकतान्त्रिक पार्टी भएर खडा हुँदैछ : रवि लामिछाने


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, चैत्र १८ २०७९
  • 2.7K
    SHARES

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टी छिट्टै नै देशको सबैभन्दा ठूलो र सबैभन्दा धेरै लोकतान्त्रिक पार्टीको रुपमा उदाउने बताएका छन् । शनिवार पार्टी कार्यालयमा गरिएको पत्रकार सम्मेलनमा बोल्दै उनले डा.स्वर्णिम वाग्ले र रमेश खरेलजस्ता हजारौं विज्ञ व्यक्तिहरुलाई पार्टीमा स्वागत गर्ने उल्लेख गरेका छन्  । 

उनले भने– ‘केही मानिसहरुले, केही समूहहरुले आफ्नो प्रगति, आफ्ना परिवारको प्रगति, आफ्ना वरिपरिका व्यक्तिहरुको प्रगतिको लागि मात्र राजनीतिलाई दुरुपयोग गरेका कारणले मात्र यस देशका मानिसहरुले दुःख पाएका हुन भन्ने कुरा सबैले बुझेका छन् । तर बुझेका सबैजना राजनीतिमा हामफाल्न आउँदैनन् । त्यो आँट र साहस राख्दैनन् । किनकि राजनीतिभित्र अपराधीकरण हो वा अपराधीहरु राजनीतिमा हुन भन्ने अवस्था छ । राजनीतिको त्यो फोहोरमा, त्यो हिलोमा हत्तपत्त मानिसलाई आउन मन लाग्दैन । मानिसहरु आफ्नो परिवारको भविष्य चाहन्छ सके देशमा नभए विदेशमा । आफ्नो परिवारको भविष्यका लागि कैयौँ मानिसहरु विदेशमा गइरहेका छन् । के सँधैभरी मुलुकको यही अवस्था भइरहने हो त ? अवश्य पनि हैन । क्षमतावान मान्छेहरुलाई राजनीतिमा ल्याएर उहाँहरुको विज्ञतालाई सदुपयोग गरेर यो देशको सुन्दर भविष्य कोर्न हामी सक्छौँ ।

सभापति लामिछानेले अगाडि भने– ‘अहिले देखिएका हामी ३ भाई देशको लागि अत्यन्तै धेरै क्षमता देखिएका ३ भाई हैनौँ, यो देशमा त्यस्ता कैयौँ दाजुभाई दिदी बहिनी हुनुहुन्छ जसका लागि प्रेरणा बन्न सकोस्, कहाँ गएर आफ्नो विज्ञता प्रकट गरुँ भन्नेहरुका लागि हामीले ठाउँ राखेका छौँ । म यहाँहरुलाई संकेत गर्छु कि कैयौँ त्यस्ता क्षमतावान व्यक्तिहरु हाम्रो पार्टीको माध्यमबाट सेवा गर्न तयार भएर बस्नुभएको छ ।  यो संकेत हो कि राष्ट्रिय स्वतन्त्र पार्टी यो देशको सबैभन्दा ठूलो र सबैभन्दा लोकतान्त्रिक पार्टी भएर चाँडै नै खडा हुन्छ ।

उनले डा.स्वर्णिम वाग्ले, रमेश खरेलसहित गरिएको यो प्रेस भेटघाट कार्यक्रम जनाउ घण्टी मात्र भएको बताउँदै हजारौं क्षमतावान व्यक्तिहरु पार्टीमा आउन लागेको उल्लेख गरेका छन् ।  उनले रास्वपाले २ तिहाईको बहुमत ल्याउने पार्टी बन्ने, वाग्ले, खरेल जस्ता व्यक्तिले मन्त्रालय हाँक्ने र त्यहाँ बिचौलिया, भष्टाचारीको प्रवेश निषेध गर्ने  व्यवस्थाको आफूले सपना देखेको र त्यो पूरा हुने आधार रहेको बताएका छन्  ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४