Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

वडा नं. ७ मा सडक किनारामा पर्ने मापदण्ड बिपरित बनेका संरचना भत्काइयोकानुन सम्मत काम गर्न पछि पर्दीन : अध्यक्ष आचार्य


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, चैत्र १७ २०७९
  • 2.4K
    SHARES

पोखरा ।पोखरा महानगरपालिका वडा नं. ७ ले सडक किनारामा पर्ने मापदण्ड बिपरित बनेका संरचना भत्काएको छ ।

आज शान्तिनगर बराल पेट्रोलपम्प देखि हेप्पी बोर्डिङ स्कुल सम्म १२० मिटर शिव मार्गको २८ फिट चैडाइमा पर्ने घर, पर्खाल लगायतको संरचना भत्काएको हो ।

कार्यक्रम वडा अध्यक्षको संयोजकत्व, महानगरको प्राबिधिक सहयोगमा नगर प्रहरी, नेपाल प्रहरी, जनप्रतिनिधि, नागरिक समाज र स्थानीयहरुको सक्रियतामा भएको हो ।

वडाले सोमबार स्थानीयहरुसंग बैठक बसि हटाउने निर्णय गरेको वडा अध्यक्ष राममोहन आचार्यले बताए । अध्यक्ष आचार्यले भने -” बिगतका बर्षहरुमा पनि यो बाटोको स्तरोन्नतिको लागि बजेट बिनियोजन गर्ने गरेको थियो तर काम हुन सकेको थिएन । यस बर्ष उक्त बाटो मैले प्राथमिकतामा राखेको थिए । अब यो बाटो स्तरोन्नति गर्न सके यो बर्षको सफल हुनेछ । यसका लागि ४५ लाख छुटाइएको छ । “

स्थानीयहरुका अनुसार बिगतका बर्षमा यसरी वडाबाट मापदण्ड बिपरितका संरचना भताकाइने भन्दै पत्र काटिए पनि काम भने हुन सकेको थिएन । अहिलेको अध्यक्षले कामनै गरेर देखाएको भन्दै प्रसंशा समेत गरेका छन ।

यस्तै अध्यक्ष आचार्यले सहि काम गर्दा केहि अवरोध आए पनि कानुन सम्मतका काम गर्न पछि नहट्ने र कानुन बिपरितका काम गर्नेलाई दण्डसजाय वा कार्वाही गरि निरुत्साहित गर्ने बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४