काठमाडौँ । प्रधानमन्त्री प्रचण्डले शुक्रबार शपथ लिने मन्त्रीहरुको अधिकांश सूची टुंग्याएका छन् । केही मन्त्रालय र व्यक्तिबारे अझै छलफल रहेकाले अन्तिम रुप दिएर मन्त्रिपरिषद् विस्तार गर्ने प्रचण्डको तयारी छ । प्रचण्डको सचिवालय स्रोतका अनुसार नेपाली कांग्रेसबाट चार जनाको नाम फाइनल भएको छ । जसमा उपसभापति पूर्णबहादुर खड्का उपप्रधान तथा रक्षा मन्त्री बन्ने भएका छन् भने प्रबक्ता डा. प्रकाशशरण महत अर्थमन्त्री बन्ने भएका छन् ।
यस्तै नेता रमेश रिजाल उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री बन्दा नेता सिता गुरुङ शहरी विकास मन्त्री बन्ने भएकी छन् । यस्तै नेकपा माओवादी केन्द्रबाट नारायणकाजी श्रेष्ठ उपप्रधान तथा गृहमन्त्री बन्ने भएका छन् । यस्तै शक्ति बस्नेत ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री बन्दा रेखा शर्मा सञ्चार तथा सूचना प्रविधि मन्त्री कायम हुनेछिन् । यस्तै सुदन किराती संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री र अमनलाल मोदी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीमा कायम हुनेछन् ।
यस्तै नेकपा एकीकृत समाजवादीबाट बेदुराम भुसाल – कृषि तथा पशुपंक्षी विकास र प्रकाश ज्वाला भौतिक पूर्वाधार तथा यातायात मन्त्री बन्नेछन् । यस्तै जनता समाजबादी पार्टी जसपाबाट अकोश राई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री बन्दा लोकतान्त्रिक समाजबादी पार्टी लोसपाबाट शरद्सिंह भण्डारी श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री बन्ने भएका छन् ।
यस्तै नागरिक उन्मुक्ति पार्टी नाउपाबाट रञ्जिता श्रेष्ठ भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बन्दा नेपाल समाजबादी पार्टी नेसपाबाट महिन्द्र राय यादव महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री बन्ने भएका छन् । यस्तै अब्दुल खान खानेपानी तथा सरसफाइ मन्त्रीमा कायम हुनेछन् । उनी जनमतबाट यसअघि नै मन्त्री बनेका हुन् ।