Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

अर्थविद् डा.स्वर्णिम वाग्ले भन्छन रास्वपाको आधिकारिक उम्मेदवार बनेपछि निर्वाचनको तयारी थाल्छु !


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, चैत्र १७ २०७९
  • 3.1K
    SHARES

काठमाडौँ । नेपाली कांग्रेस छाडेर बिहीबार राष्ट्रिय स्वतन्त्र पार्टीको सदस्यता लिएका अर्थविद् डा. स्वर्णिम वाग्लेले आफू रास्वपाबाट तनहुँ १ को आधिकारिक उम्मेदवार भएपछि निर्वाचनको तयारी थाल्ने बताएका छन् ।

शुक्रबार जन प्रहारसंग कुरा गर्दै उनले आफूलाई तनहुँ १ बाट उठ्न त्यहाँका जनता र समर्थकको उच्च साथ र सम्मान रहेको बताउँदै पार्टीले आफूलाई आधिकारिक उम्मेदवार घोषणा गरेपछि मात्र निर्वाचनको तयारी थाल्ने बताएका हुन्  ।

उनले भने, ‘साथीहरूले मलाई उठ्नका लागि जोड गरिरहनु भएको छ । अन्य दुईजना साथीहरूको पनि नाम आएको छ । पार्टीमा छलफल हुन्छ । म आधिकारिक उम्मेदवार घोषणा भएपछि तयारी थाल्छु । त्यहाँका जनताले मेरो माग पनि गरिरहनु भएको छ । अहिले छलफल चलिरहेको छ । चाँडै नै टुङ्गो लाग्छ होला ।

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले बिहीबार साँझ विज्ञप्ति जारी गरी तनहुँ १ मा उम्मेदवार बनाउने सूचीकाे पहिलाे नम्बरमा स्वर्णिम वाग्लेकाे नाम राखेकाे छ । दाेस्राेमा ईश्वर लामिछाने र तेस्राेमा डा. रूपक विक घिमिरेकाे नाम सार्वजनिक गरेकाे छ ।

पार्टी परित्याग गरेको घोषणा गरेसँगै बिहीबार दिउँसो नै राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा सभापति रवि लामिछानेसँग वाग्लेले छलफल गरेका थिए । छलफलपछि अनलाइन आवेदन दिई उनले १ हजार लेबी बुझाएर रास्वपाको सदस्यता लिएका थिए ।

उनले नेपाली कांग्रेसमा देउवा–आरजु गिरोहको निरन्तर हेपाइ र अपमानमा परेको भन्दै नेपाली कांग्रेस पार्टी परित्याग गरेको बिहीबार दिउँसो सार्बजनिक घोषणा गरेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४