Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सरकारको निरीहताप्रति पार्टी दुःखः बैद्य


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, चैत्र २३ २०७६
  • 2.8K
    SHARES

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) का अध्यक्ष मोहन बैद्यले सरकारको स्वास्थ्य सेवा प्रवाह प्रभावकारी नभएको भन्दै चिन्ता व्यक्त गरेको छ ।
क्रान्तिकारी माओवादीका महासचिव वैद्यले आइतबार एक विज्ञप्ति जारी गर्दै कोरोना रोकथाम उपायदेखि उपचार प्रक्रियासम्मका कार्यमा लापरबाही भएको निष्कर्ष निकालेका हुन् । वैद्यले अस्पतालहरूको लापरबाहीमा सरकार निरीह भएको भन्दै दःखसमेत व्यक्त गरेका छन् ।
‘बागलुङ्बाट पोखरा ल्याई गण्डकी अस्पतालको बाहिर प्राङ्गणमा राखिएका ज्वरोको बिरामीले डाक्टर भेट्नका निम्ति करिब १५ घण्टासम्म पर्खिनु परेको कुराले स्थितिको गम्भीरतालाई दर्शाउँछ,’ वैद्यद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘यसलाई टुलुटुलु हेरेर बस्ने सरकारको निरीहताप्रति हाम्रो पार्टी दुःख व्यक्त गर्दछ ।’
कोरोना प्रकोप न्यूनीकरणमा सम्पूर्ण संयन्त्र परिचालन गर्न पनि उनले माग गरेका छन् । निजी तथा सरकारी अस्पतालमा पर्याप्त सुरक्षा उपकरण नभएकाले प्रदान गर्नुपर्ने वैद्यको सुझाव छ। सङ्क्रमित बिरामीको सम्पर्कमा आउने स्वास्थ्यकर्मीहरुको जीवन बीमा गर्न तथा कोरोनाको परीक्षण बढाउन पनि उनले माग गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४