Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

महाचुनाव बन्दै बैशाख १० को उपचुनाव : चितवन र बाराजस्तै तनहुँमा पनि हेभिवेट भिडन् हुने निश्चित !


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, चैत्र १६ २०७९
  • 3.7K
    SHARES

काठमाडौं । मंसिरको आम चुनावका बेला देखिएको राष्ट्रिय चासो वैशाखको उपचुनावमा पनि देखिने पक्का पक्कि जस्तै भएको छ ।

राष्ट्रिय राजनीतिमा प्रभाव जमाएका हेभिवेट उम्मेदवारहरु आगामी १० वैशाखमा हुने उपचुनावमा खडा हुने भएकाले यो चुनावको महत्व अरु बेलाका उपचुनावभन्दा बढ्ता देखिएको हो ।

चितवन २ मा यसअघि निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा का सभापति रवि लामिछानेको सांसद पद नागरिकता प्रमाणपत्र तथा राहदानी विवादका कारण खारेज भएको थियो । यसबीचमा उक्त मुद्दा किनारा लागे पनि गुमेको पद प्राप्त गर्न उपचुनावमा चुनिएरै आउनुपर्ने हुन्छ । रविको प्रतिस्पर्धीका रुपमा नेपाली  कांग्रेसले जीतनारायण श्रेष्ठलाई उम्मेदवार चयन गरेको छ । चितवनमा नेपाली कांग्रेसका पूर्वसभापति समेत रहेका श्रेष्ठ १४ औं महाधिवेशनमा केन्द्रीय सदस्यमा पराजित भएका थिए ।

नेकपा एमालेले यसअघि उठाएका उम्मेदवार कृष्णभक्त पोखरेलका ठाउँमा अर्को उम्मेदवार दिने सम्भावना रहेको छ ।

उपराष्ट्रपति रामसहायप्रसाद यादव यसअघि चुनिएको बारा–२ मा जनता समाजवादी पार्टी जसपाका अध्यक्ष उपेन्द्र यादव स्वयं लड्न जाँदैछन् । सप्तरी–२ मा चुनाव हारे पनि बारा–२ को बाटो हुँदै संसद छिर्ने उपेन्द्रको चाहनाकै लागि रामसहायले उपराष्ट्रपतिको प्रस्ताव स्वीकार गरेका थिए ।

यति हुँदाहुँदै पनि उपेन्द्रलाई सजिलो भने हुने छैन । किनभने लोकतान्त्रिक समाजवादी पार्टी लोसपाले आफ्ना एक शीर्षस्थ नेता राजेन्द्र महतोलाई त्यहाँ उम्मेदवार बनाउँदैछ । लोसपा नेता महतोले भने बाराका जनताले आफूलाई खोजेको दाबी गरेका छन्  ।

आफू सर्लाहीबाट आम चुनावमा पराजित भए पनि बाराका जनताले प्रतिनिधिसभामा हेर्न चाहेको बताएका हुन्  । ‘मलाई त्यहाँबाट धेरै फोन आयो, त्यसैले लड्न जाँदैछु,’ महतोले भने, ‘तपाईं हेर्नुहोला, म जित्छु । जितेर आउँछु ।

अनि यसअघि रामसहायसँग साढे तीन सय मतले पराजित शिवचन्द्र कुशवाह आफ्नो पुरानो दल नेकपा माओवादी केन्द्र त्यागेर जनमत पार्टी प्रवेश गरेका छन् । उनलाई जनमत पार्टीका अध्यक्ष सीके राउतले उम्मेदवार बनाउने प्रस्ताव गरिसकेका छन् । राउत तिनै नेता हुन्, जसले उपेन्द्रलाई मंसिरमा सप्तरीबाट हराएका थिए ।

विश्लेषक झलक सुवेदीको भनाइमा आम चुनावबाट हारे पनि उपचुनावबाट आउन खोज्नुले उपेन्द्रको महत्वाकांक्षा दर्शाउँछ । ‘सुनसरीका उपेन्द्रलाई सप्तरीमा हारेर बारामा लड्न आउनुपर्ने स्थिति शक्तिकेन्द्रित राजनीतिले नै ल्याएको हो सुवेदीले भने, ‘राजनीतिमा नैतिकताको कुरा तपसिल हो भन्ने देखियो, केवल शक्तिको खेला मात्रै हो भन्ने उपचुनावमा प्रमाणित हुँदैछ ।

बारा–२  मा नेकपा एमालेले भने उम्मेदवार तय गरिसकेको छैन । उपमहासचिव विष्णु रिमालले शुक्रबारसम्म उम्मेदवार टुंगो लगाउने बताएका छन्  ।

चितवन २ बारा २ जस्तै तनहुँ १ पनि हटस्पट बन्दैछ, जहाँबाट यसअघि जित्दै आएका रामचन्द्र पौडेल भर्खरै राष्ट्रपति बनेका छन् । त्यस ठाउँमा नेपाली कांग्रेसले पठाउँदैछ केन्द्रीय सदस्य गोविन्द भट्टराईलाई । उनीसँग लड्नका लागि नेकपा एमालेले स्थायी कमिटी सदस्य किरण गुरुङलाई पठाउने प्रबल सम्भावना रहेको बुझिएको छ । यिनै दुई उम्मेदवारको बीचमा रोचक प्रवेश हुँदैछन अर्थविद् डा. स्वर्णिम वाग्ले ।

यसअघि नेपाली कांग्रेसको घोषणापत्र मस्यौदा समितिका संयोजक रहेका वाग्ले राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष हुन् । उनी नेपाली कांग्रेसकै तर्फबाट आयोगमा गए पनि पछिल्लो समयमा सभापति शेरबहादुर देउवाको हेपाइका कारण बस्न नसकेको जिकिर गर्दै पार्टी परित्याग गरेका छन् । रास्वपाले उनलाई तनहुँ १ मा उम्मेदवार बन्न प्रस्ताव गरिसकेको छ । वाग्लेको प्रवेशकै कारण अब तनहुँ १ को उपचुनाव पनि रोचक मोडमा पुग्ने पक्कापक्की जस्तै भएको छ ।

स्थापित पार्टीहरुमा आम चुनावकै बेला युवाहरुको प्रश्न उठेको देखिए पनि उपचुनावका बेला त्यो क्रम अझै बढ्ने देखिएको विश्लेषक सुवेदी बताउँछन् । ‘आम चुनावभन्दा पनि कतिपय अर्थमा उपचुनाव रोचक बन्ने देखिँदैछ’, उनले भने,ठूला पार्टीहरुलाई आफ्ना निर्णयहरुको पुनःविचार गर्ने, अनि आत्मसमीक्षाका लागि ठाउँ समेत खोल्न सक्छन ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४