Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

“स्वर्णिम”लाई रोक्न महामन्त्रीहरु सक्रिय”सानेपामा छलफल


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, चैत्र १६ २०७९
  • 1.8K
    SHARES

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा अर्थशास्त्री स्वर्णिम वाग्लेलाई राष्ट्रिय स्वतन्त्र पार्टीले उपनिर्वाचनमा उम्मेदवार बनाउने प्रस्ताव गरेपछि नेपाली कांग्रेसका दुई महामन्त्री विश्वप्रकाश शर्मा र गगनकुमार थापा उनलाई रोक्न सक्रिय भएका छन् ।

तनहुँ १ मा हुने उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले वाग्लेलाई उम्मेदवार बन्न प्रस्ताव गरेको सूचना बाहिरिएपछि दुई महामन्त्री उनलाई रोक्ने प्रयासमा छन् ।

‘उहाँहरुले भर्खरै बैठक गर्नुभयो, स्वर्णिमजीलाई सानेपा बोलाउनुभएको थियो, तर उहाँ मान्नुभएन’,नेपाली कांग्रेस केन्द्रीय कार्यालय स्रोतले भन्यो, ‘सम्भवतः एकै छिनमा कुनै अर्को ठाउँमा बसेर कुरा गर्नु हुन्छ ।’

वाग्लेजत्तिको सम्भावना भएको नेतालाई गुमाउन नहुने भन्दै महामन्त्रीहरुले सम्भावित विकल्प र अरु अवसरहरुबारे समेत कुरा गर्नुपर्ने ठानेका छन् । पार्टी सभापति शेरबहादुर देउवालाई यसबारे अवगत गराइसकिएको कांग्रेस स्रोतले भन्यो ।

प्रिय शेखर दाई, गगनजी, विश्वप्रकाशजी र गोविन्दजी,

हजुरहरुको अपार सद्भावका बावजूद म काँग्रेसमा रहन नसक्ने अवस्था आएको छ। देउवा-आरजु गिरोहको निरन्तर हेपाइ र अपमानले यो स्थिति ल्याएको हो। अब कुरेर बस्ने कृपा र निगाहको जीवनपर्यन्त राजनीतिभन्दा समयसीमा तोकेर आफ्नो उमेर, ज्ञान र ऊर्जा सान्दर्भिक रहँदै ‘डेलिभरी’ को प्रयोगमा जान चाहें। यो निर्णय लिनुअघि हजुरहरुसँग भेटेको भए निश्चयपनि काँग्रेस नछोड्न भन्नुहुने र त्यसपछि छोड्दा अवज्ञा गरेको हुने भएकोले श्रद्धापूर्वक पछिनै हामी बस्नेछौं। काँग्रेस पार्टीमा हजुरहरुको निर्णायक हैसियत बनेको दिन फेरि हामी कुनै न कुनै रुपमा जोडिन सक्ने आशा छ। त्यतिन्जेल जहाँजहाँ रहन्छौं, त्यहींबाट सहकार्य र सहयोग गर्ने र अहिलेको आत्मीय मित्रता कायम राख्ने वाचा गर्दछु।

स्वर्णिम

रास्वपाबाट तनहुँमा उम्मेदवार बन्ने विषयमा वाग्लेको प्रतिक्रिया आउन बाँकी छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४