Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

बिहीबार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, चैत्र १६ २०७९
  • 1.6K
    SHARES

आजको पञ्चाङ्ग
वि.सं. चैत १६, २०७९ । ई.सं. ३० मार्च २०२३ । शक संवत् १९४५ । नेपाल संवत् ११४३ चौलाथ्व । पिङ्गल उत्तरायण वसन्त । बिहीबार चैत्र शुक्लपक्ष । तिथि- नवमी ००:२४ बजेसम्म, त्यस उप्रान्त दशमी । नक्षत्र- पुनर्वशु ००:०० बजेसम्म, त्यस उप्रान्त तिष्य । योग- अतिगण्ड ०२:०७ बजेसम्म, त्यस उप्रान्त सुकर्मा । करण- वालव ११:२६बजेसम्म, त्यस उप्रान्त कौलव ००:२४बजेसम्म । चन्द्रराशि मिथुन । आनन्दादि योग सिद्धि । दिनमान ३०।५० १२:२० । सूर्योदय ५:५९ । सूर्यास्त १८:१९ । रामनवमीव्रत, रामअवतार, रामयात्रा, रामजयन्ती । सूर्योदय कालिन ग्रहस्पष्ट तालिका राशि, अंशा, कला र विकलामा ।

राशिफल

मेष – ARIES
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
मिहिनेत गर्दा राम्रो परिणाम प्राप्त हुनेछ। तारिफयोग्य काम गर्दै मनग्य धन आर्जन गर्न सकिनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। थोरै लगानीबाट पनि नाफा कमाउन सकिनेछ। साँझदेखि पारिवारिक असमझदारीले काम रोकिन सक्छ। बिनाकारण आफन्त टाढिन सक्छन्। अरूका लागि श्रम तथा बुद्धि खर्चनुपर्ला। साथीभाइसँग पनि सन्तुलित व्यवहार गर्नुहोला।

वृष – TAURUS
इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
तारिफयोग्य काम सम्पादन हुनाले प्रशंसकहरू बढ्नेछन्। ज्ञान, कला र व्यक्तित्व निखार्ने समय छ। बौद्धिक अभिव्यक्तिले ठूलो अवसर दिलाउन सक्छ। आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ। रोकिएका काम प्रारम्भ गर्न सकिनेछ। साँझतिर उद्योग र व्यापारमा फाइदा हुनेछ। सहयोगीहरू जुट्नाले चिताएका काम बन्नेछन्।

मिथुन – GEMINI
का, कि, कु, घ, ङ, छ, के, को, ह
आकर्षक उपहारले उत्साह जगाउनेछ। विभिन्न अवसरले पछ्याउनेछन्। महत्त्वाकांक्षी योजना पनि बिस्तारै फलदायी हुनेछन्। मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ। रमाइलाे भेटघाट र खानपानको आनन्द प्राप्त हुनेछ। साँझतिर बौद्धिक कलाको प्रभाव बढ्नेछ। अध्ययनमा प्रगति हुनेछ। पहिलेको दुविधाले निर्णायक मोड लिनेछ। आम्दानीका स्रोत बढ्नेछन्।

कर्कट – CANCER
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
खर्च बढ्नाले अर्थ अभाव झेल्नुपर्ला। अरूको विश्वास गर्दा धोका पाइनेछ। अवसरका लागि केही दौडधुप गर्नुपर्ला। प्रयत्न गर्दा यात्राको प्रक्रिया अघि बढ्नेछ। तर खर्चिलो कामले कर्जा बढाउला। साँझदेखि पारिवारिक जमघटकाे आनन्द प्राप्त हुनेछ। स्वास्थ्यका लागि खानपानकाे अनुशासनमा रहनुपर्नेछ। कामकाे नेतृत्व लिनुका साथै मनग्य लाभांश हातपार्ने समय छ।

सिंह – LEO
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
मिहिनेत गर्दा आम्दानीका स्रोत फेला पर्नेछन्। श्रमको उचित मूल्य प्राप्त हुनेछ। व्यापारमा पनि केही फाइदा हुनेछ। तर, आम्दानीमा अरूले आँखा लगाउन सक्छन्। आफ्ना आवश्यकता पूरा गर्न र व्यवहार चलाउन सरसापट लिनुपर्ने पनि हुन सक्छ। साँझदेखि खर्च बढ्नाले अर्थ अभाव देखा पर्ला। परिस्थितिवश फजुल खर्च बढ्नेछ। उठ्ने रकम रोकिन सक्छ।

कन्या – VIRGO
टो, प, पि, पु, ष, ण, ठ, पे, पो
प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ। काममा विशिष्ट व्यक्तिको सहयोग जुट्नेछ। राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ। सामाजिक नेतृत्व हातलागी हुने सम्भावना छ। व्यापारमा पनि राम्रै फाइदा हुनेछ। मिहिनेतले जीवनशैलीमा परिवर्तन आउनेछ। लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ। साँझतिर आम्दानी राम्रै भए पनि रकम बाहिरिने सम्भावना छ।

तुला – LIBRA
र, रि, रु, रे, रो, ता, ति, तु, ते
प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। तारिफयोग्य काम गर्दै धेरैको उपकार गर्न सकिनेछ। समाजमा तारिफयोग्य काम गर्दै लोकप्रियता हासिल गर्न सकिनेछ। विभिन्न अवसरले पछ्याउनेछन् भने दिगो फाइदा हुने काममा जग बसाउने मौका छ। मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ। साँझदेखि आफ्नाे क्षेत्रमा नेतृत्व लिन सकिनेछ। नयाँ जिम्मेवारी प्राप्त हुनेछ।

वृश्चिक – SCORPIO
तो, ना, नि, नु, ने, नो, या, यि, यु
अरूका लागि समय खर्चनुपर्ला। नयाँ काममा हात हाल्न केही समय प्रतीक्षा गर्नुपर्नेछ। परिस्थितिले चुनौती निम्त्याए पनि गोपनीयतामा ध्यान पुर्याउनुहोला। दिनभरि संघर्ष गर्नुपरे पनि साँझतिर सहयोगीहरूले साथ दिनेछन् र भाग्यले अवसर जुराउनेछ। काम देखाएर पनि अरूको मन लोभ्याउन सकिनेछ। तर, चिताएको दाम नउठ्नाले जाेश–जाँगर हराउन सक्छ।

धनु – SAGITTARIUS
ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
नयाँ परिवेशमा पुगिए पनि नयाँ साथीभाइ भेटिनेछन्। कामको सन्दर्भमा रमाइलो यात्राको अवसर प्राप्त हुनेछ। मित्रता र प्रेमको बन्धन कसिनेछ भने अतिथिको रूपमा सत्कार प्राप्त हुने समय छ। तर साँझतिर आकस्मिक वादविवादले परिस्थिति बिग्रन सक्छ। सानोतिनो समस्याले अल्झाउनेछ भने स्वास्थ्य पनि प्रतिकूल रहनेछ। साथीभाइसँग सन्तुलित व्यवहार गर्नुहोला।

मकर – CAPRICORN
भो, ज, जि, खि, खु, खे, खो, गा, गि
स्रोतसाधन जुट्नाले लक्ष्य प्राप्ति हुनेछ। हिम्मतले काम लिँदा फाइदा पनि हुनेछ। प्रतिस्पर्धीहरूले हार खानेछन् भने ईर्ष्या गर्नेहरू पछि पर्नेछन्। आजको कामले पछि फाइदा हुनेछ। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुहाेला। व्यावसायिक काममा चुनौती देखिए पनि साँझतिर घरमा लक्ष्मी अर्थात् द्रव्य भित्र्याउन सकिनेछ। व्यापारको बहानामा रमाइलो यात्रा हुनेछ।

कुम्भ – AQUARIUS
गु, गे, गो, सा, सि, सु, से, सो, द
पहिलेको सफलताले हौसला प्रदान गर्नेछ। भविष्यका लागि विशेष काममा जग बसाउने मौका छ। अध्ययनमा राम्रो प्रगति गर्ने समय छ। विभिन्न अवसरले पछ्याउनेछन् र दिगो काममा जग बसाउने अवसर प्राप्त हुनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। मिहिनेतले सम्मानित स्थान दिलाउन सक्छ। साँझतिर प्रतिस्पर्धीलाई पछि पार्दै लाभ उठाउन सकिनेछ।

मीन – PISCES
दि, दु, थ, झ, ञ, दे, दो, च, चि
प्रक्रिया नमिल्नाले काम दोहोर्याउनुपर्ने हुन सक्छ। स्वयं निर्णय लिन नमिले पनि शुभचिन्तकहरूकाे साथ–सहयाेग प्राप्त हुनेछ। पछिका लागि कामकाे जग बसाउन सकिनेछ। साँझदेखि दिगो योजनाका साथ अघि बढ्दा लाभ मिल्नेछ। तर स्वास्थ्यका लागि अनुशासनमा रहनुपर्ने समय छ। काममा मुख्य भूमिका रहे पनि लाभांशमा अरूको आँखा लाग्न सक्छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४