Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नेकपा एमालेलाई पनि सरकारमा ल्याउनु पर्छ : दुर्लभ थापा


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, चैत्र १५ २०७९
  • 1.4K
    SHARES

काठमाडौँ । प्रतिनिधि सभाका सांसद एवं नेपाली कांग्रेसका नेता दुर्लभ थापाले नेकपा एमालेलाई पनि सरकारमा ल्याउनु पर्ने बताउनु भएको छ ।

रफत सञ्चार क्लबमा बुधबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै सांसद थापाले मुलुकको चौतर्फी विकासका लागि प्रतिपक्ष दल नेकपा एमालेलाई समेत सरकारमा सामेल गरी अगाडि बढ्नु पर्नेमा जोड दिनुभयो ।

देशको ठूलो राजनीतिक दल नेपाली कांग्रेस भएकाले सबै राजनीतिक दललाई मिलाएर लान सकस भएता पनि लामो राजनीतिक अनुभवका आधारमा नेपाली कांग्रेसले राजनीतिक सहमतिलाई नचुकिकन इमान्दारपूर्वक लागू गर्ने उहाँले बताउनुभयो ।

सांसद थापाले सत्ता गठबन्धन दलहरुमा गृह र अर्थ मन्त्रालयको यथाशीघ्र टुंगो लाग्ने र सरकारले चाँडै पूर्णता पाउने उल्लेख गर्नुभयो ।

संघीयताका विषयमा विभिन्न प्रश्नहरु उब्जिरहेका बेला संघीयताको व्यावहारिक कार्यान्वयनलाई पारदर्शीतवरले लागू गर्नेमा नेपाली कांग्रेस अग्रसर हुने उहाँले बताउनुभयो ।

मिटरब्याजी समस्या संघीय सरकारको मात्र नभएर यसलाई प्रदेश र स्थानीय सरकारले समन्वय गरी समाधान गर्नुपर्ने बताउँदै सांसद थापाले यथाशीघ्र संघीय सरकारले यसको समाधानको उपाय निकाल्ने बताउनुभएको छ  ।

आर्थिक क्षेत्रमा देखिएको मन्दीलाई दृष्टिगत गरी अर्थतन्त्रलाई चलायमान र गतिशील बनाउन नेपाली कांग्रेस सचेत रहेको बताउँदै थापाले वर्तमान आर्थिक संकटलाई थप बढावा दिने काम राष्ट्र बैकको अर्थ नीतिले गरेको उहाँले आरोप लगाउनुभएको छ  ।

आर्थिक अवस्था सुधार गर्न व्यक्तिले थुपारेको धनलाई बैकिङ प्रणालीमार्फत विभिन्न उद्योग, व्यवसायमा लगानीको वातावरण सिर्जना गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४