Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

रामेछापको गोकुलगंगा ग.पा. ४ बेतालीमा एक ८२ वर्षीय वृद्धको खुकुरी प्रहार गरी हत्या !


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, चैत्र १४ २०७९
  • 4.9K
    SHARES

काठमाडौँ । रामेछाप जिल्लाको हालको गोकुलगंगा गाउँपालिका वडा नं : ४  बेतालीमा एक जना वृद्धको अज्ञात व्यक्तिले खुकुरी प्रहार गरी हत्या गरेका छन् ।

साबिक बेताली गा . बि.स. वडा नं ९ स्थानीय लिसेखानी टोलमा बस्दै आएका करिब ८२ वर्षीय शमशेर बहादुर थापामगरको सोमबार साँझ ७ बजेको समयमा खुकुरी प्रहार गरी अज्ञात व्यक्तिले हत्या गरेका हुन् । २ जना नातिनीसहित आफ्नै घरमा बसिरहेको अवस्थामा अज्ञात व्यक्तिले थापामगरमाथि खुकुरी प्रहार गरेर भागेका थिए ।

खुकुरी प्रहारबाट घाइते भएका थापामगरलाई उपचारका लागि सदरमुकाम मन्थली ल्याउने क्रममा बाटोमै मृत्यु भएको गोकुलगंगा गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्ष रामचन्द्र बस्नेतले जानकारी दिनु भएको हो । उहाँका अनुसार खुकुरी प्रहारबाट थापामगरको टाउकोमा गम्भीर चोट लागेको थियो ।

केही दिन अघि बिरामी भएर श्रीमती उपचारको लागि काठमाडौं गएकाले थापामगर भने दुई नातिनीका साथमा घरमा बस्दै आएका थिए । नातिनीहरु घरबाहिर निस्किएको मौकाछोपी थापामगरमाथि खुकुरी प्रहार भएको थियो । कसले र किन खुकुरी प्रहार गरेको भन्ने विषयमा केही नखुलेको भएपनि प्रहरीले मृतकका आफ्नै छोरालाई भने पक्राउ गरेर अनुसन्धान प्रकृया अघि बढाएको रामेछापका प्रहरी प्रमुख होमबहादुर पराजुलीले बताउनुभएको छ ।

घटना रहस्यमय भएकोले हामीले प्रदेश प्रहरी कार्यालय हेटौंडाबाट थप अनुसन्धानका लागि तालिम प्राप्त कुकुर झिकाइसकेकाले छिट्टै अपराधि पत्ता लाग्ने प्रहरी प्रमुख पराजुलीले बताउनुभएको छ । अनुसन्धानका लागि रामेछापका प्रहरी निरीक्षक रञ्जन गिरीको नेतृत्वमा टोली खटाइएकाे छ ।

साथै करिब २ महिना अघि बेताली-४ कै भिमसेनथानमा ७६ वर्षीया पदमकुमारी खड्काको आधा शरीर जलेको अवस्थामा शंकास्पद शव फेला परेको थियो । उक्त घटनाको संलग्न व्यक्तिलाई पनि प्रहरीले अहिलेसम्म पहिचान गर्न नसकेपछि बेताली र सिङ्गो गोकुलगंगा गाउँपालिका नै आतंकित बनेको छ ।

दुवै घटना एकै गाउँका र नजिकै नजिकैको मितिमा घटेकोले आफूहरुका लागि पनि अपराधि पत्ता लगाउने कुरामा चुनौती थपिएको पनि प्रहरी प्रमुख पराजुलीले बताउनुभएको छ  । घटनाकाे थप अनुसन्धान गर्नका लागि तालिम प्राप्त कुकुर समेत झिकाएकाे उहाँले बताउनुभयाे ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४