Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कोटेश्वर क्याम्पसको स्ववियु सभापतिमा नेविसंघका सञ्जय बुढाथोकी सर्वसम्मत चयन


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, चैत्र १० २०७९
  • 2.7K
    SHARES

काठमाडौं । कोटेश्वर बहुमुखी क्‍याम्पसको अध्‍यक्षमा नेविसंघका संजय बुढाथोकी सर्वसम्मत रुपमा चयन भएका छन्। शुक्रबार कोटेश्वर क्याम्पसमा बसेको सर्वपक्षीय विद्यार्थी संगठनको बैठकले नेविसंघका संजय बुढाथोकी सर्वसम्मत रुपमा चयन भएका हुन् ।

यस्तै उपाध्‍यक्षमा अखिल क्रान्तिकारीका सागर पराजुली चयन भएका छन् भने सचिवमा अनेरास्ववियुका रामकृष्ण थापा चयन भएका छन् । यस्तै सहसचिवमा अनेरास्ववियुकी शर्मिला भण्डारी र कोषाध्यक्षमा अनेरास्ववियुकै शैलेन्द्र श्रेष्ठ सर्वसम्मतिले चयन भएका हुन् ।

यस्तै क्याम्पसको स्ववियु सदस्‍यमा अनेरास्ववियुका रामजेश कुमार गुप्ता, प्रेमराज रेग्मी, सुशील दाहाल र नवराज देवकोटा सर्वसम्मत रुपमा चयन भएका छन् ।

यस्तै नेविसंघका आशिश कार्की, आरती ढकाल, प्रदीप कार्की र सन्तोष घर्ती मगर सदस्‍यमा चयन भएका छन् ।

यस्तै अखिल क्रान्तिकारी विप्लव समूहका मिठु टमाटा, अखिल क्रान्तिकारीकी अप्सरा बस्‍नेत, रविना थापा मगर र सरला बस्‍नेत तथा अनेरास्ववियूका खेमराज ढुंगाना, सरोज श्रेष्ठ, विनीता फुयाँल र सञ्जु भट्ट स्ववियु सदस्यमा सर्वसम्मत रुपमा चयन भएका छन् ।

निर्वाचित कार्यसमितिका सदस्यहरुलाई कोटेश्वर बहुमुखी क्याम्पसमा क्याम्पस प्रमुख गोविन्दबहादुर कार्की र प्रमुख निर्वाचन अधिकृत सुरेश पोखरेलले बधाई ज्ञापन गरेका थिए । नव निर्वाचित अध्यक्ष बुढाथोकीले कलेजको शिक्षाको गुणस्तर सुधार गर्न कलेज प्रशासनसँग सहकार्य गरेर अगाडि बढ्ने बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४