एजेन्सी । अमेरिकामा कोरोना भाइरसको संक्रमणका कारण बिहीबार एकै दिन ११ सय ६९ जनाको मृत्यु भएको जोन हप्किन्स विश्वविद्यालयले जनाएको छ ।
कोरोना भाइरसको विश्वव्यापी महामारी सुरु भए यता कुनै पनि देशमा एकै दिनमा कोभिड–१९ बाट मृत्युको यो संख्या सबैभन्दा धेरै हो । यसअघि मार्च २७ मा इटालीमा ९६९ जनाको कोभिड–१९ बाट मृत्यु भएको थियो ।
अमेरिकामा अहिलेसम्म कोरोना भाइरसका कारण पाँच हजार ९२६ जनाको मृत्यु भएको छ। अमेरिकामा संक्रमितको संख्या दुई लाख ४५ हजार भन्दा धेरै छ । न्यूयोर्क सिटी सबैभन्दा बढी प्रभावित भएको छ । त्यहाँ अहिलेसम्म १५ सय भन्दा बढी मानिसको मृत्यु भएको छ ।
यसैबिच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसको संक्रमण तीव्र गतिमा फैलिरहेका बेला मास्कको प्रयोग गर्नु अनिवार्य नरहेको बताएका छन् ।
ह्वाइट हाउसमा बिहीबार भएको कोरोना भाइरस टास्क फोर्सको नियमित पत्रकार सम्मेलनको क्रममा ट्रम्प प्रशासनका अधिकारीले घर बाहिर निस्कँदा मास्क लगाउनु पर्ने वा नपर्ने भन्ने निर्णय गर्ने अधिकार स्थानीय अधिकारीमा प्रत्यायोजन गर्ने बताएका हुन् ।
केही दिनमा अमेरिकी सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन ९सिडिसी० ले केही दिनमा मास्क वा अनुहार कसरी छोप्ने भन्ने सम्बन्धमा निर्देशन जारी गर्ने कोरोना भाइरस टास्क फोर्सका सदस्य डेबोरा बिर्क्सले बताए ।