Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नेपाली कांग्रेसका सांसद नगएपछि मुख्यमन्त्रीले लिन पाएनन् विश्वासको मत


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, चैत्र ८ २०७९
  • 1.7K
    SHARES

काठमाडौं । नेपाली कांग्रेसले दुई दिन समय मागेपछि बागमती प्रदेशका मुख्यमन्त्रीले विश्वासको मत लिन बोलाइएको प्रदेशसभाको बैठक स्थगित भएको छ ।

बुधबार दिउँसो ३ बजेका लागि बोलाइएको प्रदेशसभा बैठकमा मुख्यमन्त्री शालिकराम जमकट्टेलले विश्वासको मत लिने कार्यसूची थियो । तर सत्ता गठबन्धन र प्रदेशसभाकै ठूलो दल नेपाली कांग्रेसका प्रदेशसभा सदस्यहरु काठमाडौं मै छन् । नेपाली कांग्रेस प्रदेशसभा सदस्य हरिप्रभा खड्गीले भनिन्, ‘संसदीय दलको बैठक चलिरहेको छ । दलमा छलफल नभएकाले दुई दिनको समय मागेका छौं ।

नेपाली कांग्रेस नै अनुपस्थित हुने भएपछि मुख्यमन्त्रीले विश्वासको मत लिने कार्यक्रम रोकिएको छ ।

नेकपा माओवादी केन्द्र संसदीय दलका नेता शालिकराम जमकट्टेल नेकपा एमाले र राप्रपाको समर्थनमा मुख्यमन्त्री बनेका थिए । राप्रपाले १३ फागुनमै समर्थन फिर्ता लिएर सरकार छाडेको थियो,नेकपा एमाले भने सरकारमै छ । तर सत्ता गठबन्धन हेरफेर भएकाले नेपाली कांग्रेसलाई समेटेर सरकार गठन गर्ने मुख्यमन्त्री जमकट्टेलको तयारी छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४