Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

त्रिविको नेविसंघ अध्यक्ष ३ जनालाई तोकिएको पत्र सार्वजनिक अध्यक्ष शेर्पा भन्छन्- तीनैजना आधिकारिक होइनन्


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, चैत्र ८ २०७९
  • 2.2K
    SHARES

काठमाडौं । नेविसंघको त्रिभुवन विश्वविद्यालय समितिको अध्यक्षको जिम्मेवारी तीन जनालाई दिइएको व्यहोराको पत्र सार्वजनिक भएको छ ।

नेविसंघ केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले विष्णुबहादुर बडैला, दीपकराज जोशी र गणेश भण्डारीलाई अध्यक्षको जिम्मेवारी दिएको व्यहोराको पत्र सार्वजनिक भएको हो ।

तर केन्द्रीय अध्यक्ष शेर्पाले भने अध्यक्षमा मनोनित गरिएको भनिएका तीनैजना आधिकारिक नभएको बताएका छन् । केही दिनमा अध्यक्ष मनोनित गरिने उनले बताए ।

अध्यक्ष शेर्पाले सुरुमा कैलालीका विष्णुबहादुर बडैलालाई अध्यक्षमा मनोनीत गरेका थिए । तर पछि दीपक र गणेशलाई पनि अध्यक्षमा मनोनीत गरेको पत्र सार्वजनिक भयो ।

चैत ७ गतेको मिति र अध्यक्ष शेर्पाको हस्ताक्षर भएको पत्रमा तीन महिनाभित्र समितिको अधिवेशन सम्पन्न गर्ने गरी विश्वविद्यालय समितिको अध्यक्षको जिम्मेवारी दिइएको उल्लेख छ ।

त्रिवि केन्द्रीय क्याम्पसको स्ववियु निर्वाचनमा विष्णु र दीपकले आधिकारिक उम्मेदवार श्यामराज ओझाविरुद्ध उम्मेदवारी दिएका थिए । तर पछि ओझालाई सघाउने गरी उनीहरुले बागी उम्मेदवारी फिर्ता लिएका थिए ।

ओझा स्ववियु सभापतिमा निर्वाचित भएलगत्तै विष्णु र दीपकसँगै गणेश भण्डारीलाई अध्यक्षको जिम्मेवारी दिइएको पत्र सार्वजनिक भएको हो ।

नेविसंघभित्र गुटगत विवाद तीव्र छ । अध्यक्ष शेर्पाको कार्यशैलीमा प्रश्न उठाउँदै असन्तुष्ट पक्षले उनको राजीनामा समेत माग्दै आएको छ ।

स्ववियु निर्वाचनको पूर्वसन्ध्यामा नेविसंघ काठमाडौंका नेताहरुले पत्रकार सम्मेलन नै गरेर शेर्पाले मनलाग्दी नियुक्ति र निर्णय गरेको पत्र पठाएर आतंक सिर्जना गरेको आरोप लगाएका थिए । त्यस्ता काम नरोकिए आन्दोलन गर्ने चेतावनी पनि उनीहरुले दिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४