Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

औपचारिक समारोहमा राष्ट्रपतिको सामान्य सवारी


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, चैत्र ७ २०७९
  • 5.9K
    SHARES

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले औपचारिक समारोहमा सामान्य शैलीको सवारी प्रयोग गरेका छन् । गृह मन्त्रालयले थाल्यो भीआईपी सुरक्षा कार्यविधि संशोधनको तयारी। गृह मन्त्रालयले बनाएको विशिष्ट व्यक्ति सुरक्षा कार्यविधि, २०७७ अनुसार राष्ट्रपतिको औपचारिक समारोहको सवारीमा १६ वटा सवारीसाधन प्रयोग हुन्थ्यो । तर, मंगलबार भएको राष्ट्रपति पौडेलको औपचारिक समारोहमा चार वटा सवारी साधन प्रयोग भएको छ ।

मंगलबार घोडेजात्राको अवसरमा सैनिक मञ्च टुँडिखेलमा भएको कार्यक्रममा सहभागी हुन आउँदा राष्ट्रपति पौडेलले एउटा अगुवा, पछुवा र जगेडा गाडी मात्रै प्रयोग गरेका छन् । जबकी कार्यविधिमा प्रहरी वार्निङ मोटरसाइकल, अगुवा जिप, अति विशिष्ट व्यक्ति सुरक्षा निरीक्षक अगुवा कारदेखि पछाडि रहने राष्ट्रपतिको गाडीको दायाँ बायाँसहित ३/३ गरी ६ वटा आउट राइडर्स हुने व्यवस्था रहेको छ ।

त्यसको पछाडि अति विशिष्ट व्यक्ति सुरक्षा निरीक्षण पछुवा कार, जगेडा कार, प्रहरी अतिरिक्त महानिरीक्षकको कार, एम्बुलेन्स, प्रहरी पछुवा जिप र प्रहरी पछुवा मोटरसाइकलसहित सवारी साधन हुने व्यवस्था रहेको छ ।

तर राष्ट्रपति रामचन्द्र पौडेलको मंगलबारका सवारीमा एउटा अगुवा, त्यसपछि क्रमशः आफ्नो गाडी, पछुवा र जगेडा गाडी प्रयोग गरेको देखिएको छ । पौडेल शीतल निवासबाट टुँडिखेलस्थित सैनिक मञ्च आउँदा सडक पनि पूरा खाली गराइएको थिएन ।

सैनिक मञ्चको कार्यक्रम सकिएर राष्ट्रपति बाहिरिँदा केहीबेर मात्र सडक खाली गराइएको थियो । उनको सवारी अगाडि बढेपछि अन्य सवारी साधनलाई आवतजावत गर्न दिइएको थियो । राष्ट्रपति पौडेलको सवारीअघि राष्ट्रपति कार्यालयले यसको व्यवस्थापनका लागि गृह मन्त्रालयसँग परामर्श गरेको थियो ।

विगतमा राष्ट्रपतिको सवारी निकै तामझामपूर्ण भएको र सर्वसाधारणलाई हिँडडुलमा रोक लगाएको भन्दै आलोचना हुने गरेको थियो ।

विशिष्ट व्यक्ति सुरक्षा कार्यविधि अनुसार राष्ट्रपति दैनिक कार्यलय जाँदा समेत मंगलबारको सवारीभन्दा एउटा कार र मोटरसाइकल बढी प्रयोग गर्नुपर्ने हुन्छ । गृह मन्त्रालयका प्रवक्ता जितेन्द्र बस्नेतले भीआईपी सुरक्षा कार्यविधि समेत परिवर्तन गर्न लागिएको बताएका छन् ।

‘यो कार्यविधि संशोधन गर्नका लागि प्रस्ताव गरिए बमोजिम भएको सवारी हो’, उनले भने, ‘उपत्यकाभित्रको आवगमनलाई असर नपर्ने गरी सवारी सहज बनाउने गरी संशोधन गर्ने प्रस्ताव गरेका छौं ।

यद्यपि, पहिले भएको व्यवस्था पनि नहटाइने उनले बताएका छन् । ‘कतिपय राजकीय भ्रमण वा विदेशी पाहुना आउँदा आवश्यक पर्नसक्छ, त्यसैले अरु व्यवस्था पनि यथावत राखेर कतिपयमा घटाउन सक्ने प्रावधान राख्न लागेका छौं’, बस्नेतले भनेका छन् ।

यसअघि गत शनिबार राष्ट्रपति पौडेल बसन्तपुरस्थित कुमारी घर जाँदा पनि सडक खाली नगराई गएका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४