Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

प्रधानमन्त्री दाहालले प्रतिनिधि सभाबाट आज दोस्रो पटक विश्वासको मत लिंदै


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, चैत्र ६ २०७९
  • 1.5K
    SHARES

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले साेमबार प्रतिनिधि सभाबाट विश्वासको मत लिनु हुने भएकाे छ ।

साेमबार दिउँसो १ बजे बस्ने प्रतिनिधि सभाको बैठकबाट उहाँले विश्वासको मत लिन लाग्नुभएको हो । गत पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएर पुस २६ गते विश्वासको मत लिनु भएका दाहालले ३ महिनाभित्रै दोस्रो पटक विश्वासको मत लिन लाग्नुभएको हो ।

प्रधानमन्त्री बनाउन समर्थन गरेका नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लगायतका दलहरुले समर्थन फिर्ता लिएका कारण उहाँ पुनः विश्वासको मत लिन बाध्य हुनुभएको हो । दाहाललाई एमाले र (राप्रपा) बाहेक प्रतिनिधि सभामा रहेका अरु सबै दलले समर्थन गर्ने समभावना रहेको छ ।

सत्ता गठबन्धनमा रहेका नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी (जसपा), लोकतान्त्रिक समाजवादी (लोसपा), नागरिक उन्मुक्ति, जनमत, राष्ट्रिय जनमोर्चा (राजमो), प्रभु साह नेतृत्वको आम जनता पार्टी र पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी गरी कुल १० दलले गत शनिबार नै दाहाललाई समर्थन गर्ने निर्णय गरिसकेका छन् ।

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीेले पनि दाहाललाई समर्थन गर्ने निर्णय गरेको छ । २ सय ७५ सदस्यीय संसदबाट विश्वासकाे मत पाउन प्रधानमन्त्री दाहाललाई १ सय ३८ मतकाे आवश्यकता पर्छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४