Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

विराटनगरका दुई कलेजमा तालाबन्दी, स्ववियु निर्वाचन अनिश्चित


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, चैत्र ४ २०७९
  • 2.1K
    SHARES

काठमाडौँ । विराटनगरका दुई क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन अनिश्चित भएको छ ।

नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसमा तालाबन्दी गरेको छ भने नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले नर्सिङ कलेजमा तालाबन्दी गरेका छन् ।

त्रिभुवन विश्वविद्यालयले ५ चैतमा स्ववियु निर्वाचन तोकेको छ । तर नेविसंघले शुक्रबार बेलुका नर्सिङ कलेजमा र अनेरास्ववियुले शनिबार बिहान महेन्द्र मोरङमा तालाबन्दी गरेका हुन् ।

अनेरास्ववियु मोरङका अध्यक्ष तुलसी घिमिरेले सम्बोधन हुने माग राखेर क्याम्पसमा तालाबन्दी गरिएको बताए । ‘हाम्रो माग मोरङका सबै कलेजमा शान्तिपूर्ण रुपमा चुनाव होस् भन्ने छ’, उनले भने, ‘तर महेन्द्र मोरङमा प्राइभेट फ्याक्ल्टीका विद्यार्थीलाई धम्की दिने र ट्रान्सफर भइसकेका विद्यार्थीलाई पनि मतदाताको सूचीमा राखेपछि तालाबन्दी गरेका हौं ।’

अनेरास्ववियुले महेन्द्र मोरङमा मतदाता नामावली छानबिन गर्नुपर्ने, क्याम्पस प्रशासनले विद्यार्थीलाई निश्चित उम्मेदवारलाई भोट मागेको विषयमा अनुसन्धान गर्न माग गरेको छ ।

निर्वाचनको सबै तयारी भइसेको अवस्थामा तालाबन्दी भएको महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसका प्रमुख बाबुराम तिम्सिनाले बताए । ‘बुथ बनाइसकेका छौं, मतपत्र छापिसकिएको छ, निर्वाचनको सबै तयारी भइसकेको छ’, उनले भने, ‘आज तालाबन्दी भयो, बार्ताबाट सहमति भयो भने चुनाव हुन्छ ।’

विद्यार्थीको चुनाव भएकाले क्याम्पस प्रशासनले सहजीकरण गर्न सक्ने बताउँदै उनले सहमति गर्न आग्रह गरे । ‘बुथ बनिसको छ । चुनावका लागि धेरै खर्च भइसकेको छ’, उनले भने, ‘हामीले मात्रै रिस्क लिएर गर्न गाह्रो छ । वातावरण बन्यो भने चुनाव हुन्छ ।’

महेन्द्र मोरङ कलेजमा हारको मानसिकताले अनेरास्ववियुले तालाबन्दी गरेको अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य अभिमन्यु यादवले बताए । विद्यार्थीहरुले चुनाव चाहेको र सबै तयारी भएको अवस्थामा हारको मानसिकतामा तालाबन्दी गर्नु गलत भएको उनले बताए ।

महेन्द्र मोरङको स्ववियु सभापतिमा नेपाल विद्यार्थी संघबाट जसवन्त पौडेल, अनेरास्ववियुबाट नवीन पहाडी र अखिल क्रान्तिकारीबाट रोहित यादव उम्मेदवार छन् ।

नेपाल विद्यार्थी संघले भने नर्सिङ कलेजमा विद्यार्थीलाई कलेज प्रशासनले धम्की दिएको भन्दै तालाबन्दी गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४