Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नेपालमा नै पहिलो पटक यो मेसिन बनेको अभिनाशको दाबी


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, चैत्र ४ २०७९
  • 2.3K
    SHARES

शिवबहादुर अधिकारी गुराँस आर्टस्का निर्देशक हुन् । उनले करिब २ दशकअघि भारतबाट सामान मगाएर व्यसाय सुरु गरेका थिए । शिवले छोरालाई इन्जिनियरिङ पढाए । शुक्रबार शिवको खुसीको सीमा थिएन । कुनै बेला शिवले विदेशबाट मगाएको काम गर्ने मेसिनभन्दा सजिलै त्यही काम गर्ने मेसिन छोरा अविनाशले बनाएका छन् ।

शिवले १८ वर्ष पहिले भारतबाट मेसिन मगाएर काम थालेका थिए । शुक्रबार उनका छोरा २० वर्षीय अभिनाशले बनाएको साइनबोर्ड बनाउने मेसिन पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले सुरुआत गरे । कार्यक्रम चलचित्र पत्रकार संघ कास्कीको संयोजनमा भएको हो ।

१ महिनामा निर्माण भएको मेसिनबाट काठमा थ्रीडी, टुडी शिलालेख, थ्रीडी, टुडी साइनबोर्ड र मायाको चिनो बनाउन सकिने अभिनाश सुनाउँछन् । यो मेसिन मायाको चिनोको रुपमा अतिथिलाई दिन सकिने उनले जनाए ।

नेपालमा नै पहिलो पटक यो मेसिन बनेको दाबी अभिनाशले गरेका छन् । सिएनसी प्रविधि रहेको यो यो मेसिन गुराँस आर्टसले निर्माण गरेको हो । ‘मायाको चिनो किन्नमात्रै नेपालबाट करोडौं रुपैयाँ बाहिर जान्छ । हामी कति आश्रित हुने ? स्थानीय स्रोत, साधनलाई प्रयोग गरेर हामीले पनि त मेसिन निर्माण गर्न सक्छौं भन्ने लाग्यो,’ उनले भने, ‘फलस्वरुप यो मेसिन निर्माण गरें । आफुले पढेको विषयलाई व्यवहारमा उतार्ने प्रयास गरेको छु ।’

अभिनाश पोखरा विश्वविद्यालयमा सिभिल इन्जिनियरिङमा पढ्दै छन् । विद्यालय पढ्दादेखि नै इन्जिनियरिङमा रुचि भएकाले पनि केही नयाँ गर्ने सोच आएको उनले उल्लेख गरे । यो मेसिन निर्माण कार्यलाई निरन्तरता दिने बताएका छन् । ‘एउटा मेसिन निर्माण गरेरमात्र बस्दिनँ । यसको बजारीकरणमा सबैले साथ दिए अन्य मेसिन पनि बनाउँछु । आशा छ सबैको सहयोग मिल्नेछ,’ उनले भने । पोखरा महानगरपालिकाका मेयर आचार्यले अभिनाशले पढेको विषयलाई व्यवहारमा उतार्न गरेको प्रयास प्रशंसनीय रहेको जनाए । यसले अरु विद्यार्थीलाई समेत प्रोत्साहन मिल्ने उनले अपेक्षा गरे ।

अभिनाशले निर्माण गरेको मेसिन देखाउनका लागि मात्र नभई व्यवसायका लागि बनेको मेयर आचार्यको भनाइ छ । पोखरा महानगरपालिकाले सभागृहमा बिजनेस प्रोमोसन सेन्टर स्थापना गरेको र नयाँ व्यवसायीलाई प्रोत्साहन गर्दै आएको उनले सुनाए । अभिनाशले निर्माण गरेको मेसिन बजारीकरण गर्न महानगरपालिकाले सघाउने उनको प्रतिवद्धता छ ।

पोखरा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष गोकर्ण कार्कीले अभिनाश जस्ता प्रतिभालाई पोखराले संरक्षण गर्नुपर्ने धारणा राखे । प्रतिभाको कदर र संरक्षण नहुँदा दक्ष जनशक्ति विदेश पलायन हुनुपर्ने बाध्यता रोक्नुपर्नेमा उनको जोड छ । कार्कीले प्रतिभा पलायनको समस्या समाधान गर्न सरकारी निकायदेखि निजी क्षेत्रसमेत लाग्नुपर्ने उनले सुझाए ।

जनप्रिय माध्यमिक विद्यालयका प्रधानाध्यापक देवी बास्तोकोटीले विद्यार्थी पढ्ने मात्र नभई उद्यमशील नै हुनुपर्ने बताए । अब सैद्धान्तिक तहको अध्ययनसँगै सीप विकासका गतिविधिलाई समेत अगाडि बढाउनुपर्ने उनको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४