काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सत्ता गठबन्धनमा उपराष्ट्रपति चुनावमा देखिएको फरक मतले सरकारलाई कुनै असर नगर्ने बताएका छन् ।
सत्ता गठबन्धनका ठूला चार दलले जनता समाजवादी पार्टी (जसपा)का रामसहाय यादवलाई समर्थन गरेका छन् भने अरु ५ दलले जनमत पार्टीकी ममता झालाई समर्थन गरेका छन् ।
उपराष्ट्रपति निर्वाचनमा मत दिएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै महामन्त्री थापाले एउटै उम्मेदवार बनाउने कोसीस भएको, तर त्यो सम्भव नभएपछि सल्लाहले नै फरक ठाउँमा उभिएको बताएका छन् । तर प्रधानमन्त्रीलाई विश्वासको मत दिने बेला एकठाउँमा आउने भन्दै उनले अघि भने, ‘यसले सरकारको निरन्तरतामा फरक पार्दैन ।
राष्ट्रपति निर्वाचनका बेला भएको समझदारी कार्यान्वयन भएकाले नेपाली कांग्रेसले पनि विश्वासको मत दिने उनले बताएका छन् ।