Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

ल क्याम्पसमा अनेरास्ववियुलाई विरासत जोगाउने चुनौती


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, चैत्र ३ २०७९
  • 1.7K
    SHARES

काठमाडौं । नेपाल ल क्याम्पसमा २०३६ सालदेखि निरन्तर स्ववियु सभापति जित्दै आएको अनेरास्ववियुलाई यो पटक विरासत जोगाउने चुनौती देखिएको छ । किनभने सत्तारुढ गठबन्धन (नेविसंघ, अखिल क्रान्तिकारी र अनेरास्ववियू)ले संयुक्त उम्मेदवार उठाएका छन् । गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले सभापति र नेविसंघले सचिव पद लिएर तालमेल गरेका छन् ।

नेकपा एमाले निकट अनेरास्ववियुबाट कैलाश तामाङ स्ववियु सभापतिको उम्मेदवार बनेका छन् । उनी सत्ता गठबन्धनका दलहरुको विद्यार्थी संगठनबीच तालमेल भए पनि अनेरास्ववियुलाई फरक नपर्ने जिकिर गर्छन् । विद्यार्थीसँग नजिक भएर काम गर्दै आइरहेकाले विद्यार्थीहरुले अनेरास्ववियुलाई मतदान गर्ने उनको दाबी छ । भन्छन्, ‘नेपाल ल क्याम्पसमा अनेरास्ववियु भन्दा अर्को संगठनले स्ववियु नेतृत्व लिएको इतिहास छैन । यो वर्ष पनि अनेरास्ववियुले नै नेतृत्व लिँदैछ ।

उनको भनाइ अनुसार अनेरास्ववियुले स्ववियुको नेतृत्व लिने अर्को आधार भनेको स्ववियु नेतृत्वको लागि उठाएको टिम जातीय, क्षेत्रीय, लिंगीय रुपमा समावेशी हुनु हो ।

गठबन्धनको तर्फबाट सभापतिको उम्मेदवार बनेका अखिल क्रान्तिकारीका विष्णु ढुंगेल भने यसपटक अनेरास्ववियुको विरासत तोडिइसकेको दाबी गर्छन् । अखिल क्रन्तिकारीको पहलले गर्दा नेपाल ल क्याम्पसमा बीए एलएलबी निरन्तरता भएको र सधैं विद्यार्थीको पक्षमा वकालत गर्दै आइरहेकाले आफूले जित्ने दाबी उनले गरे । भन्छन् ‘हामीले जितिसकेका छौं । यो पटक अनेरास्ववियुको विरासत तोडिन्छ ।’

गठबन्धन गरेका सबै संगठनको छवि क्याम्पसका विद्यार्थी माझ राम्रो भएकाले आफूहरुले नै चुनाव जित्ने उनले तर्क गरे । उनीहरुले २९ बुँदे प्रतिवद्धता पत्रमा छुट्टै कानुन विश्वविद्यालय बनाउन पहल गर्ने, शिक्षक नियुक्तिको प्रकृयामा परिवर्तन गराउन पहल गर्ने लगायत उल्लेख गरेका छन् ।

सभापतिमा एकमात्र महिला उम्मेदवार

स्ववियु सभापतिका लागि ६ जना उम्मेदवार मध्ये एकजना मात्रै महिला उम्मेदवार छिन् । अखिल क्रान्तिकारी विप्लवको तर्फबाट रबिना सथशंकरले सभापतिमा उम्मेदवार दिएकी हुन् । महिला विद्यार्थीको संख्या बढी भएको क्याम्पसमा एकमात्र महिला र योग्य भएकीले आफूले जित्ने विश्वास छ रबिनालाई छ । उनी भन्छिन्, ‘यो क्याम्पसमा महिला विद्यार्थीको प्रतिशत बढी छ । म आफैं महिला पनि हुँ सभापतिको लागि योग्य उम्मेदवार पनि । त्यसैले मेरो जित सुनिश्चित छ ।’ ३१ बुँदे प्रतिवद्धता पत्रमा विद्यार्थीहरुको वास्तविक माग र अपेक्षालाई समेटेको हुँदा विद्यार्थीहरुले आफूलाई जिताउने उनको विश्वास छ ।

दुई हजार २ सय मतदाता रहेको क्याम्पसमा १९ सदस्यीय समितिको लागि निर्वाचन हुनेछ । १६ सयको हाराहारीमा मत खस्ने विद्यार्थी नेताहरुले आंकलन गरिरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४