Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

एक दिनमै कोरोना भाइरसबाट ४३ सय भन्दा बढीको मृत्यु


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, चैत्र १९ २०७६
  • 2.5K
    SHARES

एजेन्सी । नोवेल कोरोना भाइरसका कारण हुने कोभिड–१९ बाट मृत्यु हुनेहरुको संख्या लगातार बढ्दै गएको छ । कोरोना भाइरस संक्रमणको हालको इपिसेन्टर अमेरिकामा नयाँ संक्रमण तथा मृत्युले मंगलबार नयाँ उचाई लिएपछि चिन्ता थप सघन बनेको छ ।
अमेरिकामा पछिल्लो २४ घण्टामा सात सय २६ जनाको मृत्यु भएको छ । योसँगै अमेरिकामा कोभिड–१९ का कारण मृत्यु हुनेको संख्या तीन हजार ८६७ पुगेको छ । अमेरिका मृत्यु हुनेको संख्यामा पनि चीन भन्दा अघि लागेको छ ।
यस्तै थप २३ हजार ९४१ जनामा संक्रमण पुष्टि भएपछि अमेरिकामा कुल संक्रमितको संख्या एक लाख ८७ हजार ७२९ पुगेको छ ।
इटाली र इटालीमा क्रमशः थप ८३७ र ७४८ जनाको मृत्यु भएपछि कोरोना भाइरसका कारण ज्यान गुमाउनेको कुल संख्या क्रमशः १२ हजार ४२८ र ८ हजार ४६४ पुगेको छ ।
इटालीमा एक लाख पाँच हजार ७९२ तथा स्पेनमा ९५ हजार ९२३ जनामा संक्रमण पुष्टि भएको छ । चीनमा भने नयाँ संक्रमित तथा मृत्यु हुने थपिएका छैनन् । चीनमा कुल संक्रमितको संख्या ८१ हजार ५१८ तथा मृत्यु हुनेको संख्या ३३ सय पाँच रहेको छ ।
विश्वभर कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ४० हजार भन्दा बढी पुगेको छ । अहिलेसम्म ४२ जहार ११४ जनाको ज्यान गएको छ । यस्तै संक्रमितको संख्या ८ लाख ५७ हजार २९९ रहेको छ । अहिलेसम्म एक लाख ७७ हजार १४१ जना निको भएर घर फर्किएका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार कोरोना भाइरस संक्रमणलाई पहिलो पटक अति गम्भीर रुपमा लिएको देखियो । उनले कोरोना भाइरस सम्बन्धी ब्रिफिङ्गको क्रममा उनले अमेरिकामा एक लाखदेखि दुई लाख मानिसको मृत्यु हुने चेतावनी दिएका छन् ।
विश्वभर पछिल्लो २४ घण्टामा कोरोना भाइरसका कारण चार हजार ३४१ जनाको मृत्यु भएको छ । यस्तै ७२ हजार ५६१ संक्रमित थपिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४