Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

प्रधानमन्त्रीको ट्विटर अकाउन्ट ह्याक !


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, चैत्र २ २०७९
  • 1.6K
    SHARES

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको आधिकारिक ट्वीटर खाता (अकाउण्ट) ह्याक भएको छ ।

गए राति ह्याकरले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को प्रोफाइल रहेको तस्वीर हटाउँदै बीएलयूआर शब्द लखेको तस्वीर राखेको थियो । ह्याकरले प्रधानमन्त्री कार्यालयको प्रोफाइल, कभर, पिन ट्वीट समेत परिवर्तन गरेको थियो ।

ह्याकरले केहि घण्टा कार्यालयको आधिकारिक ट्वीटर खाता नियन्त्रणमा लिएको थियो । ह्वाकरले विभिन्न अनावश्यक ट्वीटहरु रिट्वीट समेत गरेको थियो । पछिल्ला ५, ३ र २ घण्टाको अवधिमा भएका तीन फरक–फरक असान्दर्भिक ट्वीटले यस्तो देखाएको हो ।

यद्यपी हाल प्रधानमन्त्री कार्यालयले आफ्नो ट्वीटर खाता नियन्त्रणमा लिएको छ । यस विषयमा प्रधानमन्त्री कार्यालयले आफ्नो आधिकारिक धारणा भने सार्वजनिक गरेको छैन । प्रधानमन्त्रीका प्रेसविज्ञ मनहरि तिम्सिनाले ट्वीटर ह्याक भएको सुनेको र अहिले आफू कार्यालय जाँदै गरेको बताएका छन् । उनले कार्यालय पुगेपछि मात्रै बाँकी भेरिफाई हुने बताएका छन्  ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४