Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

राष्ट्रपति निर्वाचनमा आज नयाँ बानेश्वोरमा जे देखियो


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, फाल्गुन २५ २०७९
  • 4.7K
    SHARES

काठमाडौं । कडा सुरक्षाका बीच राष्ट्रपति पदको निर्वाचन जारी छ । बिहान १० बजेदेखि सुरु मतदान दिउँसो ३ बजेसम्म जारी रहने र आजै बेलुका परिणाम सार्वजनिक गर्ने निर्वाचन अधिकृत महेश शर्मा पौडेलले जानकारी दिएका छन्  ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, माधव कुमार नेपाल लगायतले मतदान गरिसकेका छन् । नेपालको तेस्रो राष्ट्रपति बन्ने प्रतिस्पर्धामा रहेका नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा एमालेका नेता सुवास नेम्वाङले पनि मतदान गरेका छन् ।

आठ दलको समर्थन पाएका नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल प्रशन्न मुद्रामा छन् । उनी मतदान सुरु हुनुभन्दा करिब एक घण्टा अगाडि नै संसद भवन परिसरमा पुगेका थिए । पत्रकारहरुलाई प्रतिक्रिया दिंदै उनले भने, मतदानका लागि माननीयहरू आउन लाग्नु भएको छ । म उहाँहरूलाई नमस्कार गर्न चाँडै आएँ । आफ्नो इतिहास र योगदानलाई मूल्याकंन गरेर राष्ट्रिय सभा, प्रतिनिधिसभा र प्रदेशसभाका सबै सदस्यहरुले आफूलाई मत हाल्ने उनले विश्वास व्यक्त गरेका छन्  ।

नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलसँग विभिन्न सांसदहरुले फोटो खिचाइरहेका छन् । कतिपयले फूल दिएर अग्रिम बधाई दिइरहेका छन् ।

मतदान सुरु भइसकेपछि मात्र अर्का उम्मेदवार नेम्वाङ मतदानस्थलमा पुगेका थिए । उनले पौडेलसँग उभिएर फोटो खिचे, हात मिलाए र अभिवादनको शैलीमा दुवैले हात माथि उठाएका थिए ।

एकजना प्रदेश सभा सांसद घाइते

मतदानका लागि आएका एकजना प्रदेश सांसद लडेर घाइते भएका छन् । मत हालेर फर्कने क्रममा सप्तरी क्षेत्र नम्बर ४(क) का गोविन्द प्रसाद न्यौपाने भर्‍याङमा लडेका थिए । टाउकोमा चोट लागेर घाइते भएका उनलाई उपचारका लागि सिभिल अस्पताल लगिएको छ । उनी एकीकृत समाजवादीका प्रदेश सांसद हुन् । लडेलगत्तै उनलाई मर्यादापालकहरुले उठाएका थिए ।

निर्वाचनलाई लक्षित गरी संसद भवन भित्र र बाहिर सुरक्षा व्यवस्था कडा पारिएको छ ।

भण्डारीको लगातार दुई कार्यकाल यही फागुन २८ गते सकिने भएकाले नयाँ राष्ट्रपति चुन्न आज निर्वाचन भएको हो । उपराष्ट्रपति पदको निर्वाचन भने चैत ३ गते हुनेछ ।

नेपालको तेस्रो राष्ट्रपतिको घोषणा आज बेलुका ७ बजेभित्र गर्ने तयारीमा निर्वाचन आयोग छ । संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको पहिलो राष्ट्रपति डा. रामवरण यादव हुन् । उनको कार्यकाल २०६५ साल साउन ८ गतेदेखि २०७२ कात्तिक ११ गतेसम्म थियो । दोस्रो राष्ट्रपतिको रुपमा नेकपा एमालेबाट विद्यादेवी भण्डारी २०७२ कात्तिक ११ गते निर्वाचित भएकी थिइन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४