Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नयाँ राष्ट्रपति चयनका लागि भोलि मतदान


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, फाल्गुन २४ २०७९
  • 2.9K
    SHARES

काठमाडौं । नयाँ राष्ट्रपति चयनका लागि बिहिबार मतदान हुँदैछ ।

निर्वाचन आयोगले मतदानका लागि बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्मको समय निर्धारण गरेको छ । आयोगले मतदान स्थल काठमाडौंको नयाँ बानेश्वरस्थित संघीय संसद भवन परिसरभित्र तय गरेको छ । राष्ट्रपति निर्वाचनका लागि संघीय संसद (राष्ट्रिय र प्रतिनिधि) र प्रदेश सभाका सांसदहरु मतदाता रहेका छन् ।

संघीय र प्रदेश सभाका सांसदको मतभार भने फरक फरक रहेको छ । संघीय संसदका एकजना सांसदको मत ७९ मतभारमा गणना हुन्छ भने प्रदेशका सांसदको मतभार ४८ गणना हुन्छ । संघीय संसदमा ३ सय ३४ जना सांसद छन् । जसमा ३ सय ३१ जनाले मतदान गर्न पाउनेछन् । भ्रष्टाचार अभियोग लागेका कांग्रेस सांसद टेकबहादुर गुरुङ ले मतदान गर्न पाउनुहुने छैन । त्यसैगरी चितवन २ बाट जितेका रबि लामिछानेको सांसद पद गएपछि रिक्त छ । जनता समाजवादी पार्टीकी समानुपातिक सांसद शहनाज रहमानको फागुन १३ गते निधन भएको थियो ।

त्यसैगरी सातै प्रदेशमा गरेर ५ सय ५० जना प्रदेश सांसद रहेका छन् । संघीय सांसदको जम्मा मतभार २६ हजार १४९ छ । त्यसैगरी प्रदेश सांसदको कूल मतभार २६ हजार ४ सय हुन्छ । राष्ट्रपतिमा निर्वाचित हुनका लागि २६ हजार २७५ मतभार ल्याउनु पर्ने हुन्छ । जम्मा मतदाता ८ सय ८१ जना रहेका छन् ।

राष्ट्रपतिका लागि दुईजना उम्मेदवार मैदानमा छन् । नेपाली कांग्रेस सहितको आठदलीय गठबन्धनबाट कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल उमेदवार हुनुहुन्छ भने विपक्षी दल नेकपा एमाले एक्लैका तर्फबाट एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ उम्मेदवार हुनुहुन्छ । आयोगका अनुसार मतदानका लागि संघीय संसदका सांसद र प्रदेश सांसदका लागि छुट्टाछुट्टै मतदान केन्द्र निर्धारण गरिएको छ । वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीको दोस्रो पटकको कार्यकाल फागुन २८ गते सकिदैंछ । त्यस अघि नयाँ राष्ट्रपति चयनका लागि निर्वाचन हुन लागेको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४