Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

ओखलढुंगामा बोलेरो दुर्घटना घाइते १० जनालाई हेलिकोप्टरबाट काठमाडौँ लगियो दुईजनाको मृत्यु, १२ जना घाइते


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, फाल्गुन २१ २०७९
  • 3K
    SHARES

काठमाडौँ । ओखलढुंगामा भएको गाडी दुर्घटनामा दुईजनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । ओखलढुंगाको चिसंखुगढी गाउँपालिका–३ स्थित भित्री सडक खण्डमा बोलेरो दुर्घटना हुँदा दुई जनाको घटना स्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा अन्य १२ घाइते भएका छन् । आज बिहान ओखलढुंगाको खानिभञ्याङबाट सदरमुकाम तर्फ जाँदै गरेको ना.१ ज ८४८३ नम्बरको बोलेरो अनियन्त्रित भई सडकबाट दुर्घटना भएको हो ।

दुर्घटनामा चिसंखुगढी–३ का ५२ वर्षीय मीन बहादुर श्रेष्ठ र ७० वर्षीय भक्त बहादुर थापाको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाको प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिएका छन्  । सडकबाट करिब एक सय मिटर तल खसेको बोलेरोमा सवार अन्य १२ जना घाइते भएको उनले जानकारी दिएका हुन् ।

गाडीको चालक सहित १० जना घाइतेहरूलाई उद्दार गरी उपचारको लागि सिम्रिक एयरको हेलिकप्टरबाट काठमाडौँ र २ जनालाई एम्बुलेन्सद्वारा मिसन अस्पताल ओखलढुंगा पठाएको दासले बताएका छन् ।

मृतकको शवलाई पोस्टमार्टमको लागि जिल्ला अस्पताल ओखलढुंगा पठाएको छ ।

घाइतेहरूमा चालक चिसंखुगढी–१ का २५ वर्षीय सुमन कार्की, चिसंखुगढी–१ का ४० वर्षीय केन्द्र बहादुर कार्की, २२ वर्षीय खेम बहादुर खत्री, चिसंखुगढी–२ कि ५७ बर्षीया तिल कुमारी श्रेष्ठ, १३ बर्षीया बालिका आयुशा श्रेष्ठ, चिसंखुगढी–३ कि २६ बर्षीया शर्मिला श्रेष्ठ, उनको ४ बर्षीया छोरी लरिसा श्रेष्ठ रहेका छन् । त्यस्तै सिद्धिचरण नगरपालिका–१० कि ४० बर्षीया तुलसा धमला उनको २ वर्षीय छोरा विनय धमला र चिसंखुगढी–३ कि ५० वर्षीय तीर्थलक्ष्मी श्रेष्ठलाई हेलिकोप्टरबाट काठमाडौँ लगिएको प्रहरीले जनाएको छ। मोलुङ गाउँपालिका–१ कि ३५ बर्षीया जानुका धमला र उनको छोरा ४ वर्षीय कोसिस धमलालाई मिसन अस्पताल ओलढुंंगा पठाइएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी निरीक्षक दासले जानकारी दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४