Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

प्रधानमन्त्रीले मन्त्रिपरिषद् पुनर्गठनका विषयमा मंगलबारदेखि छलफल गर्ने


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, फाल्गुन १५ २०७९
  • 1.5K
    SHARES

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद् पुनर्गठनका विषयमा भोलि मंगलबार छलफल सुरु गर्ने भएका छन् ।

सरकारबाट नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) निस्किएपछि मन्त्रिपरिषद् पुनगर्ठनका विषयमा मंलबारदेखि छलफल सुरु गर्ने भएका हुन् । प्रधानमन्त्री प्रचण्डले भोलि (मंगलबार) देखि मन्त्रिपरिषद् पुनगर्ठनका विषयमा आठ दलीय गठबन्धनका नेताहरुसँग छलफल थाल्ने प्रधानमन्त्री निकट एक नेताले बताएका छन्  ।

आज नेकपा एमाले सरकारबाट बाहिरियो । राप्रपा र रास्वपा केही दिन अघि बाहिरियो’ प्रधानमन्त्री प्रचण्ड निकट एक नेताले भने, ‘अब सबै परिस्थितिको विषयमा विश्लेषण हुनेछ । भोलिदेखि नयाँ गठबन्धनका नेताहरुसँग मन्त्रिपरिषद् विस्तारका विषयमा छलफल हुनेछ ।

आठ दलीय गठबन्धनका कुन दललाई कति मन्त्रालय दिने भन्ने विषयमा शीर्ष नेताहरुको बैठकबाट टुंगो लाग्ने ती नेताले बताएका छन्  । सत्ता साझेदार दलका कतिपय नेताहरुले कार्यदल बनाएर मन्त्रालय भागबण्डा टुंगो लगाउनुपर्ने बताएका छन् ।

प्रचण्ड नेतृत्वको सरकारमा नेकपा माओवादी केन्द्र सहित नेपाली  कांगेस, जनता समाजबादी पार्टी  जसपा,नेकपा एकीकृत समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी  र केही स्वतन्त्र सांसदले समेत सरकारमा जान इच्छा देखाएका छन् । नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा र राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा सरकारबाट बाहिरिएपछि प्रधानमन्त्री प्रचण्डको काँधमा १६ मन्त्रालयको जिम्मेवारी थपिएको  छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४