Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

राष्ट्रपति निर्वाचनका लागि राष्ट्रियसभामा कुन दलको कति मत भार ?


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, फाल्गुन १४ २०७९
  • 2.3K
    SHARES

काठमाडौँ । यही फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनका लागि नेकपा एमालेका तर्फबाट पूर्व सभामुख सुवासचन्द्र नेम्वाङ र नेपाली कांग्रेस,नेकपा माओवादी केन्द्र सहितको गठबन्धनबाट रामचन्द्र पौडेल चुनावी प्रतिस्पर्धामा रहेका छन् ।

राष्ट्रपतिको निर्वाचनमा प्रतिनिधिसभा, राष्ट्रियसभा तथा प्रदेशसभा सांसद मतदाताका रूपमा रहन्छन् । प्रतिनिधि सभाका सांसद र राष्ट्रियसभाका एक सांसद बराबर ७९ मत कायम गरिएको छ भने प्रदेशसभा सांसदको मत भार ४८ रहेको छ ।

राष्ट्रियसभामा ५९ जना सांसद रहेका छन् । जसअनुसार राष्ट्रियसभामा कुल ४ हजार ६६१ मत रहेको छ ।

दलगत आधारमा मत हेर्दा राष्ट्रियसभामा नेपाली कांग्रेसका १० सांसद रहेका छन् जसअनुसार  नेपाली कांग्रेसको ७९० मत रहेको छ । नेकपा एमालेका १८ सांसद छन् जसअन्तर्गत १४२२ मत रहेको छ ।

नेकपा माओवादी केन्द्रका १५ सांसद छन् जसअन्तर्गत ११८५ मत रहेको छ । नेकपा एकीकृत समाजवादीका ८ सांसद अर्थात ६३२ मत रहेको छ । जनता समाजवादी पार्टीको ३ सांसद अर्थात २३७ मत रहेको छ । लोकतान्त्रिक समाजवादी पार्टीका १ सांसद अर्थात ७९ मत रहेको छ । जनमोर्चाका १ सांसद अर्थात ७९ मत रहेको छ भने मनोनीत सांसद ३ जना अर्थात २३७ मत गरी कूल ४ हजार ६६१ मत रहेको छ । राष्ट्रियसभामा मनोनित सांसदहरूमा वामदेव गौतम, विमला राई पौड्याल, नारायण दाहाल रहेका छन् ।

यो आधारमा राष्ट्रपतिको निर्वाचनमा बनेको गठबन्धन दल र मनोनीत सांसद नारायण दाहालको मतसमेत जोड्दा ३ हजार १६० हुन्छ । यस्तै नेकपा एमालेमा स्वतन्त्र सांसद विमला राई पौड्यालको मत समेत जोड्दा १ हजार ५०१ मत हुन्छ । स्वतन्त्र सांसद वामदेव गौतमले भने कसलाई भोट दिन्छन् टुङ्गो छैन । राष्ट्रियसभाको मत भार पनि रामचन्द्र पौडेलको पक्षमा धेरै देखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४